इपुर्वी खबर

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु:  उद्घाटन खेलमा आयोजक विजयी

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

  बिर्तामोड वैशाख ८।।   स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप  झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ। स्यालडाँगी युवा परिवारको  खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति  झापालाई पराजित गर्दै  आयोजक स्यालडाँगी युवा परिवार  सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ - ० गोल अन्तरले पराजित गर्दै  आयोजकले विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफमा १ - ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

  बिर्तामोड वैशाख ८।।  स्यालडाँगी युवा क्लबको आयोजनामा  प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता  बैशाख ८  गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच  विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा इलाम र झापाका  गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ। आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद…
Read More
इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

इलामका प्रमेश भ्वाईस अफ नेपालको फाइनलमा

  इलाम ।।  इलामलाई कुनै बेला संगितको राजधानी मानिने गरिन्थ्यो । इलामले थुप्रै पुराना श्रष्टा कलाकारहरु जन्माई सकेको छ भने धेरै नयाँ अनुहारहरु पनि अहिले सांगितिक क्षेत्रमा उदाइरहेका छन । अहिले नेपाली रियालीटी सो The voice of nepal सिजन ६ चल्दैछ । त्यही the voice मा इलामे गायक प्रमेश राईको चर्चा सुरुबाट नै निकै नै छ ।उनै प्रमेश अहिले टिम राजुबाट अन्तिम प्रतिस्पर्धीको रुपमा फाइनल राउन्डमा सुरक्षित भैसकेका छन । इलाम रोङ गाउँपालिका वडा ६ सन सिटि भिलेज सलकपुरका प्रमेश सामान्य परिवारमा हुर्किएका हुन । पुर्ण बहादुर राई र रेनुका तामाङको कोखबाट २०६० सालमा जन्मिएका प्रमेशलाई आफ्ना आमाबुवाले खेती किसान…
Read More
कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले तयारीमा निरन्तर लाग्न विद्यार्थीलाई बोर्डको आग्रह

काठमाडौं।। राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को परीक्षा स्थगित नगरिएकाले परीक्षाको तयारीमा निरन्तर लाग्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा स्थगित भएको जनाउँदै सामाजिक सञ्जालमा संप्रेषण भएको सूचनाले विद्यार्थीलाई भ्रमित पार्न खोजेको भन्दै यस्ता भ्रममा नपरी परीक्षाको तयारीमा जुट्न विद्यार्थीहरुलाई बोर्डले आग्रह गरेको छ । बोर्डले एक विज्ञप्ती जारी गर्दै परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार हुने जानकारी दिँदै सामाजिक सञ्जालमा आएको विज्ञप्ति अनधिकृत भएकाले भ्रम फैलाउनेलाई कारबाही गरिने जनाएको छ । बोर्डले सहज वातावरणमा परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य गर्न अभिभावक, शिक्षक एवं प्रधानाध्यापकलाई अपिल पनि गरेको छ ।…
Read More
आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डौ – आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको छ । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटासमेत दिइनेछ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदैछन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरू भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि…
Read More
प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा ४१ जनाको मृत्यु, दुई सय बढी घाइते

काठमाडौँ।। यो वर्ष प्रि–मनसुनका कारण आएको विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय भन्दा धेरै घाइते भएका छन्। विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु र दुई सय ५७ जना घाइते भएको रााष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जनाएको हो। प्राधिकरणका अनुसार यस अवधिमा करोडौँ रुपैयाँ बराबरको क्षति समेत भएको छ। अहिले प्रि–मनसुनको अवधि छ। साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् अङ्ग्रेजी महिनाको मार्च देखि मे महिनासम्मको समयलाई प्रि–मनसुन भनिन्छ। प्राधिकरणका अनुसार प्रि–मनसुनमा स्थानीय वायुको प्रभावले समान्यतया दिउँसो, साँझपख र राति मौसम खराब भई नेपालका केही स्थानमा असिना पर्ने, हुरीबतास चल्ने, मेघगर्जन र चट्याङ पर्नेजस्ता मौसमी गतिविधि हुने गर्छ।…
Read More
अर्जुनधारामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने

अर्जुनधारामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने

अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो । नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो । ‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका…
Read More
वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

वर्षा गराउने प्रणाली देशका बिभिन्न ठाउँ हुदै कोशी सम्म आइपुग्यो…

झापा।। हाल वर्षा गराउने प्रणाली कर्णाली, लुम्बिनी, गण्डकी, बागमती हुँदै कोशी प्रदेशसम्म आइपुगेको छ। हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षा गराउने प्रणाली कर्णाली लगायत बिभिन्न ठाउँ हुदै कोशी प्रदेशसम्म आइपुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो। बिभागका अनुसार बितेको २४ घन्टामा वर्षा मापन भएका १ सय ८१ केन्द्रमध्ये सबैभन्दा बढी झापाको अनारमनी बिर्ता केन्द्रमा ७६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यसैगरी मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अहिले गण्डकी प्रदेशभन्दा पूर्वतर्फ धेरै ठाउँमा पानी परिरहेको छ । गण्डकीबाट पश्चिमतर्फ भने वर्षा रोकिन थालेको छ । ललितपुरको गोदावरीमा ३ घण्टामै ५६ मिलिमिटरभन्दा धेरै पानी परेको…
Read More
शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

शिक्षक आन्दोलनका कारण २८ हजार सरकारी विद्यालय बन्द

झापा । सरकार र शिक्षकबीच यसअघि भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आज १६औं दिन पनि शिक्षकहरुले सडक आन्दोलनलाई निरन्तरता दिँदैछन् । यता सरकारले विद्यालय शिक्षा विधेयक पारित गर्नेसमेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते बोलाइसकेको छ  शिक्षक महासङ्घले भने सङ्घीय संसद्को अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भएसपछि मात्रै आन्दोलन रोकिने बताउँदै आएको छ । तर उता कतिपय निजी विद्यालयमा भने नयाँ शैक्षिक सत्रका कक्षा सञ्चालन हुन थालिसकेका छन् । शिक्षकहरूले माग गरिरहेको शिक्षा ऐनको विधेयक विगत १८ महिनादेखि टुङ्गो नलाग्दा शिक्षकहरूको…
Read More
हार्भर्डलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको धम्की

हार्भर्डलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको धम्की

काठमाडौं।। अमेरिकी सरकारले हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्नागर्न प्रतिबन्ध लगाउने धम्की दिएको छ । यसअघि ह्वाइट हाउसका मागहरू पूरा गर्न अस्वीकार गरेको भन्दै ट्रम्प प्रशासनले विश्वविद्यालयका लागि सङ्घीय सरकारले दिने २ अर्ब डलरभन्दा बढी रकम रोक्का गरेकोमा अहिले फेरि धम्की दिएको बीबीसीले जनाएको छ । अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नोएमले विश्वविद्यालयले राष्ट्रिय सुरक्षालाई खतरामा पारेको र यहूदी विरोधी भावनाको शिकार भएको आरोप लगाउनुभएको छ । गएको हप्ता ह्वाइट हाउसले यहुदीविरोधी भावना नियन्त्रण गर्नका लागि भन्दै हार्भर्डलाई मागहरूको सूची पठाएको थियो । ट्रम्प प्रशासनले विश्वविद्यालयको सञ्चालन, कर्मचारी नियुक्तिको अभ्यास र भर्ना प्रक्रियामा परिवर्तन गर्न भनेको थियो । तर हार्भर्डले ती…
Read More