बिर्तामोड वैशाख ८।। स्यालडाँगी युवा क्लबको आयोजनामा प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ।
स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता बैशाख ८ गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ
प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रतियोगितामा इलाम र झापाका गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ।
आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
प्रतियोगिताअन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याच, उत्कृष्ट गोलकिपर, प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
स्थानीय स्तरमा रहेका फुटबल खेलाडीहरूलाई उत्पादन गर्ने र स्थानीय स्तरबाट फुटबल खेल विकास गर्ने उद्देश्य सहित यो प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष विजय तामाङले जानकारी दिए।
स्थानीय स्रोत साधन र विभिन्न व्यक्तिहरूको सहयोगबाट यो प्रतियोगिता आयोजना गरिएको र अझै पनि सहयोग गरी यो प्रतियोगितालाई सफल पारिदिन सम्पूर्ण खेलप्रेमी महानुभावहरू समक्ष आयोजक कमिटीले आग्रह समेत गरेका छन।
यो प्रतियोगिताको सम्पूर्ण खेलहरू partNepal को फेसबुक पेजबाटबाट प्रत्यक्ष प्रसारण हुनेछन