इपुर्वी खबर

Day: २०८२ बैशाख ८, सोमबार

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु:  उद्घाटन खेलमा आयोजक विजयी

स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु: उद्घाटन खेलमा आयोजक विजयी

  बिर्तामोड वैशाख ८।।   स्यालडाँगी युवा परिवार बिर्तामोड ६ झापाद्वारा आयोजित पहिलो संस्करणको स्यालडाँगी नकआउट फुटबल कप  झापाको बिर्तामोडमा आजबाट सुरु भएको छ। स्यालडाँगी युवा परिवारको  खेलमैदानमा आज भएको उद्घाटन खेलमा सृजनशील युवा समूह बुद्धशान्ति  झापालाई पराजित गर्दै  आयोजक स्यालडाँगी युवा परिवार  सेमीफाइनलमा प्रवेश गरेको हो। खेलमा सृजनशील युवा समूह बुद्धशान्ति झापालाई ४ - ० गोल अन्तरले पराजित गर्दै  आयोजकले विजयी सुरुवात गरेको हो। खेलको पहिलो हाफमा १ - ० गोलको अग्रता बनाएको आयोजकले दोस्रो हाफमा सृजनशीललाई पूर्ण दबाबमा राख्दै लगातार तीन गोल थप्न सफल भयो। पराजित सृजनशील युवा समाज भने पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट नै घर…
Read More
प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

प्रथम स्यालडाँगी नकआउट फुटबल कप आजबाट सुरु : उद्घाटन खेलमा सृजनशीलले आयोजकको सामना गर्ने

  बिर्तामोड वैशाख ८।।  स्यालडाँगी युवा क्लबको आयोजनामा  प्रथम स्यालडागी नकआउट फुटबल कप प्रतियोगिता आजबाट सुरु हुँदैछ। स्यालडाँगी युवा परिवारद्वारा आयोजित उक्त प्रतियोगिता बिर्तामोड ६ स्थित स्यालडाँगी खेलमैदानमा हुनेछ ।प्रतियोगिता  बैशाख ८  गते आज देखि १५ गतेसम्म सञ्चालन हुनेछ प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच  विर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबाले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रतियोगितामा इलाम र झापाका  गरी जम्मा ८ वटा टिमले सहभागी जनाउने संस्थाका अध्यक्ष विजय तामाङले जानकारी दिए । प्रतियोगिता अन्तर्गत आज उद्घाटन खेलमा सृजनशील युवा क्लब बुद्धशान्तिले आयोजक स्यालडाङ्गी युवा क्लबको सामना गर्नेछ। आठ दिनसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले नगद…
Read More