काठमाण्डाै।। विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ । त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको…

झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ" भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो। ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।…

काठमाडौं।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षक र प्रहरीबीच काठमाडौंको नयाँ बानेश्वरमा झडप भएको छ । शिक्षकहरू प्रदर्शन गर्दै बानेश्वर पुगेकामा निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको हो । निषेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो सोही बेला शिक्षकहरूबाट प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थियो । दोहोरो झडपका क्रम बिच ५० जना भन्दा बढी शिक्षकहरू घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ । घाइतेहरूलाई शहरको विभिन्न अस्पतालमा उपचार गरिन्दै गरेको जनाइएको छ । उता सोही आन्दोलनको समाचार संकलन गर्दै बानेश्वर पुगेकी पत्रकार सविना कार्की समेत घाइते भएकी छन् ।पानीको फोहोराबाट कार्कीको आँखामा गम्भीर चोट लागेको छ।…

ईलाम।। इलाम माई नगरपालिका वडा नम्बर-४ सिंजालीटारमा ज्वाईं द्वारा जेठीसासुको धारिलो हतियार (खुकुरी)प्रहार गरि हत्या भएको छ। शुक्रबार साँझ ७ वजेका समयमा छिमेकीकोमा दुध लिन जादै गरिकी ५२ बर्षिया भुमिका चापागाईलाई माई-४ शुक्रबारे घर भई सिंजाली- कार्कीटार आसपास बस्दै आएका वहिनी ज्वाई शान्तिराम दुलालले धारिलो हतियार (खुकुरी) प्रहार गरि शुक्रबार साँझ हत्या गरेका हुन। कन्चट र गर्धनमा गहिरो चोट लागेकी चापागाईलाई उपचारका लागि वि एण्ड सी अस्पताल विर्तामोड पुर्याएको भएपनि रातको १०:२५ वजे मृत्यु भएको वि एण्ड सी अस्पतालका सुपरभाइजर केशब दुलालले जानकारी दिएका छन्। दुलालसंग उनकी श्रीमती गिता चापागाईको माना चामल र अंश मुद्दा अदालतमा चलिरहेका अवस्थामा गत महिना…

बिर्तामोड वैशाख १२ ।। आयोजक स्यालडागी युवा परिवार झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। आज शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा कुवापानी एफसी इलामलाई २/१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनल प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसी इलामका जर्सी नम्बर ९ का निशान राईले विपक्षी गोलकिपरलाई बिट गर्दै उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए १/० गोल अन्तरलेपछि परेसँगै पहिलो हाफको अन्तिम केही मिनेटहरू आयोजक स्यालडाँगी युवा परिवारले केही दबाबमा खेल खेल्यो। दोस्रो हाफको सुरुवातदेखि नै आयोजक स्यालडागी युवा परिवारले केही सुधारिएको प्रदर्शन…

काठमाण्डाै।। आज बैशाख १२ गते। २०७२ साल वैशाख १२ गते हामिले कहिले विर्शन नसकिने दिन को रूपमा आएको थियो अर्थात् २०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गएको थियो।सोहि दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको कारण जनधनको ठूलो क्षति गरेको थियो । यसै दिनको स्मृतिमा आज विभिन्न कार्यक्रम गरिएको छ । आज ‘सुरक्षित पूर्वाधार निर्माण गराैँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देशसहित देशभर कार्यक्रम भएको हो । उता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्रमा र्याल सहित कार्यक्रम गरेर १०औं भूकम्प स्मृति दिवस मनाएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका…

बिर्तामोड, १२ बैशाख : बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित मेघाबारी चोकदेखि संजिवनी हस्पिटल जाने सडक स्तरोन्नतिको लागि शिलान्यास गरिएको छ । आज एक औपचारिक कार्यक्रमका विच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विधिपुर्वक ४ सय २६ मिटर सडकको शिलान्यास गर्नु भएको हो । सडक स्तरोन्नतिको लागि पाँचथरको क्यापिटल टेक्नोलोजी एण्ड मल्टिप्रपोज कन्ट्रक्सन कम्पनीले सघन शहरी तथा भवन निर्माण कार्यालयबाट ६९ लाख ७० हजार ८१५ रुपैयाँ ३५ पैसा (मुल्य अभिवृद्धिकर बाहेक)मा ठेक्का प्राप्त गरेको हो । सडकको १ सय ८५ मिटर दुवै साइडमा ढक्कन सहितको नाला, १ सय ३० मिटरमा प्लम निर्माण र ४ सय २६ मिटरमा १८ फुट गुणस्तर…

बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ । आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो। बुट्टाबारी युनाइटेडका क्याप्टेन प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे। पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी…

बिर्तामोड वैशाख १० ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा उत्कृष्ट जितका साथ पाहुना टोली कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको छ । आज बुधबार भएको खेलमा लक्ष्मीधाप स्पोर्टिङ क्लब अर्जुनधारालाई २/० गोलअन्तरले पराजित गर्दै कुवापानी एफसी इलाम सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफको २० औँ मिनेटमा कुवापानी एफसीका जर्सी नम्बर ९ का निशान राईले एकल प्रयासमा मैदानको दायाँ भागबाट बल अघि बढाउँदै डिबक्स नजिकैबाट गरेको प्रहारले जाली चुमें सगै कुवापानी एफसीले खेलमा अग्रता बनाएको हो। दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै बल पोजिसनमा पकड जमाएको कुवापानी एफसीका लागि जर्सी…

बिर्तामोड वैशाख ०९ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगितामा सैनिक ११ फुट्बल क्ल्ब सेमिफाईनलमा प्रवेस गरेको छ । आज मङ्गलबार भएको दोस्रो क्वाटर्र फाईनल खेलमा धाइजन चाराली फुटबल क्ल्बलाई ४/० गोलअन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लब सेमिफाईनलमा प्रवेस गरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए। पाएका केही अवसरहरूलाई गोल्पोस्टको दिशा दिन नसक्दा पहिलो हाफ दुवै टोलीका लागि गोलरहित बराबरी रह्यो। दोस्रो हाफमा धाइजन चाराली क्लबमाथि पूर्ण दबाब राख्दै सैनिक ११ फुटबल क्लबले अभिषेक गुरुङको उत्कृष्ट गोलसँगै खेलमा अग्रता बनायो। पहिलो गोल गरेको एक…