इपुर्वी खबर

स्यालडाँगी नकआउट फुटबल कप: अन्तिम क्वाटर फाइनल खेलमा खुदुनाबारी युथ क्लब विजयी

twitter sharing button
pinterest sharing button

बिर्तामोड वैशाख ११ ।। झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्यालडाँगी खेलमैदानमा जारी  पहिलो स्यालडाँगी नकआउट फुटबल कप प्रतियोगिताको अन्तिम क्वाटर फाइनलमा विजयी हुँदै खुदुनाबारी युथ क्लब सेमिफाईनलमा प्रवेस गरेको छ ।

आज बिहिबार भएको अन्तिम क्वाटरफाइनल खेलमा  प्रतिस्पर्धी बुट्टाबारी युनाइटेड क्लबलाई सट अन् डेथमा पराजित गर्दै खुदनाबारी युथ क्लव सेमिफाईनलमा प्रवेस गरेको हो ।

पहिलो हाफको  २० औँ मिनेटमा बुट्टाबारी युनाइटेडले पेनाल्टीको अवसर प्राप्त गर्यो।  बुट्टाबारी युनाइटेडका क्याप्टेन  प्रवीन राईलाई खुदुनाबारी युथ क्लबका खेलाडीले डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै बुट्टाबारी युनाइटेडले खेलमा अग्रता बनाएयो उसका लागि आयुष लिम्बुले पेनाल्टीमा गोल गरे।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बुट्टाबारी युनाइटेडले दोस्रो हाफमा भने लय गुमायो। बुट्टाबारी युनाइटेडका एकपछि अर्को गर्दै आक्रमण विफल तुल्याएको खुदुनाबारी युथ क्लबले बारम्बार काउन्टर अट्याक गर्यो। बारम्बारको प्रयासपछि दोस्रो हाफको इन्जुरी समयमा खुदनाबारी युथ क्लव खेलमा फर्कियो। खुदनाबारी युथ क्लबका खेलाडीले डिबक्स नजिकैबाट प्रहार गरेको बल  बुट्टाबारी युनाइटेडका खेलाडीलाई लाग्दै जाली चुम्बेसँगै खेल एक एकको बराबरीमा पुग्यो

त्यसपछि निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय टाईब्रेकर सम्म धकेलियो। टाईब्रेकरमा पनि दुवै टोलीले चार चारको बराबरी खेलेसँगै खेलको छिनोफानो सडन डेथ मा पुग्यो सडन डेथ  मा बुट्टाबारी युनाइटेडको अन्तिम प्रहारलाई रोक्दै खुदनाबारी युथ क्लवले सेमिफाइनलको यात्रा तय गर्यो

पराजित बुट्टाबारी युनाइटेड भने इन्जुरी समयको केही मिनेट सम्हालिन नसक्दा जितको नजिक पुगेको खेलमा पनि पराजित हुँदै  यो प्रतियोगिताबाट बाहिरिएको छ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका  खुदुनाबारी युथ एफसीका समिर खजुम अफ द म्याच घोषित हुँदै नगद रु १००० प्राप्त गरे।  हरेक दिन म्यान अफ द म्याचलाई प्रदान गर्ने पुरस्कार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बिर्तामोड नगर कमिटीले उपलब्ध गराउँदै आएको छ।

प्रतियोगिता अन्तर्गत भोलि बाट सेमिफाइनलका खेल सुरु हुनेछन्। भोलि हुने पहिलो सेमिफाइनल खेलमा आयोजक स्यालडाँगी युवा परिवारले कुवापानी एफसी  इलामसँग प्रतिस्पर्धा गर्नेछ।

स्यालडाँगी युवा परिवारद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल वैशाख १५ गते हुनेछ। प्रतियोगिताको विजेताले ३० हजार  रुपैयाँ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन

त्यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि ट्रफी प्रदान गरिने   क्लबका सचिव राजु अधिकारीले जानकारी दिएका छन्।

यो प्रतियोगिताका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण sportnepal को आधिकारिक फेसबुक पेजबाट हेर्न सक्नुहुने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...