इपुर्वी खबर

प्रथम स्यालडागी नकआउट फुटबल कप को उपाधि सैनिक ११ फुटबल क्लबलाई

 

झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ” भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो।

निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो।  ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।

उपाधि जितेसँगै सैनिक ११ फुटबल क्लबले नगद ३० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता स्यालडागी युवा परिवारले नगद २०हजार ट्रफी  मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ

विजेता तथा उपविजेता टोलीलाई  प्रमुख अतिथि  बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङबा विशेष अतिथि बिर्तामोड नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ  स्यालडाँगी युवा परिवारका अध्यक्ष विजय तामाङ लगायत अतिथिहरुले पुरस्कार प्रदान गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...