बिराटनगर ।। खाँदबारीबाट धनकुटातर्फ यात्रा गर्ने क्रममा रहेको बोलेरो जीप नदीमा खसेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार प्रदेश १–०२–००२ च ४१०३ नम्बरको बोलेरो सुर्तीबारीस्थित नदीमा खसेको हो। प्रहरीका अनुसार सोमबार दिउँसो जीपले सोही स्थानमा पैदलयात्री ६६ वर्षीय ढोकरबहादुर पाण्डेलाई ठक्कर दिएको थियो। ठक्करपछि अनियन्त्रित भएको जीप अरुण नदीमा खसेको बताइएको छ। जीपले ठक्कर दिएका चैनपुरका पाण्डेको उपचार गरिएको छ। उनको अवस्था सामान्य रहे पनि जीपसहित नदीमा चालक २० वर्षीय किरण गुरुङ र जीप धनी ४० वर्षीय रमेश राई खसेको जनाइएको छ। दुई जना मात्र सवार रहेको जीप नदीमा खसेसँगै दुवै जनालाई नदीमा…

काठमाण्डाै।। विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् । जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ । त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको…

झापा ।। “ युवा उमेर होइन एउटा सोच हो। सोचमा खोट नहोस् सोच बदलौं देश बदलिन्छ" भन्ने नाराका साथ स्यालडाँगी युवा परिवार बिर्तामोड छ झापाको आयोजनामा सम्पन्न प्रथम स्यालडाँगी नकआउट फुटबल कप २०८२ को उपाधि सैनिक ११ फुटबल क्लब बिर्तामोड १० ले हात पारेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ६ स्थित स्यालडागी खेलमैदानमा भएको फाइनल भीडन्तमा आयोजक स्यालडागी युवा परिवारलाई टाई ब्रेकर मा पराजित गर्दै उपाधि जित्न सफल भएको हो। निर्धारित समयमा दुवै टोलीबाट एकएक गोलको बराबरी भएसँगै निर्णय ट्राइबेकरमा पुगेको हो। ट्राइबेकरमा आयोजक स्यालडाँगी युवा परिवारलाई ४/२ गोल अन्तरले पराजित गर्दै सैनिक ११ फुटबल क्लबले उपाधि जितेको हो।…