इपुर्वी खबर

शिक्षक आन्दोलनबारेमा प्रतिपक्षी दलहरूबाट संसदमा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाण्डाै।। विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्‍मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।

विगतमा सरकार र नेपाल शिक्षक महासङ्घबीच भएका सम्झौताहरू कार्यान्वयनको मागसहित महासङ्घको आह्वानमा भइरहेको शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै विपक्षी दलका सांसदहरूले छलफलका ६ बुँदा पेश गरेका छन् ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का शेरबहादुर कुँवर, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, आम जनता पार्टीका प्रभु साह हुनुहुन्छ ।

त्यसअघि प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलसहित सत्तापक्षका सांसदहरूले पनि हिजो शिक्षकहरूको आन्दोलनमा बल प्रयोग गरेकोमा विरोध गर्दै उनीहरूको समस्या समाधान गर्न सरकारको ध्यानकर्षण गराएका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि काठमाण्डौमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज २७औं दिनमा पनि प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...