भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडेको यात्रुवाहक विमान दुर्घटना भएको थियो । उक्त विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ। लन्डनका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएकोमा दुर्घटनास्थलमा एक जना जीवित फेला परेका छन् । भारतीय समाचार संस्थाका अनुसार विमानको ११-ए सीटमा बसेका यात्रु जीवितै भेटिएका हुन् । घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, ‘‘हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ । हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो…

काठमाडौं– भारतको गुजरात राज्यमा पर्ने अहमदाबादमा एअर इन्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार विमान दुर्घटनास्त क्षेत्रको आकाशमा कालो धुँवा उडिरहेको छ । अहमदाबाद विमानस्थलबाट उडान भरेलगत्तै विमान दुर्घटनमा परेको बताइएको छ । दुर्घटनाबाट भएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन । यसअघि पनि एअर इन्डियाका पाँच विमानहरू दुर्घटनामा परेका थिए । ती दुर्घटनामा सयौँ नागरिकको ज्यान गएको थियो । यस अघी सन् १९७८ जनवरी १ मा मुम्बई नजिकै अरब सागरमा एयर इन्डियाको बोइङ७४७ फ्लाइट ८५५ दुर्घटनाग्रस्त भएको थियो । उडान भरेको केही मिनेटमै भएको उक्त दुर्घटनामा ‘इन्स्ट्रुमेन्ट फेल्योर’ र पायलटको गल्तीकाभनिएको थियो । यो विमान दुर्घटनामा २१३ यात्री…

झापा।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवनको स्तरोन्नति गर्ने भएको छ । बिर्तामोड नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको हो । जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्की सहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृत कुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाइएको…

काठमाण्डाै।। नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले एक सूचना जारी गर्दै जेठ २६ देखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ । नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने समयमा विकल्पका रूपमा सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

रामेछाप । रामेछापबाट शव लिएर काठमाडौंतर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा पर्दा तीन जना घाइते भएका छन्। एम्बुलेन्स जिल्लाको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटनामा पर्दा तीन जना घाइते भएका हुन्। एम्बुलेन्स सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटनामा परेको रामेछाप प्रहरीले जानकारी दिएको छ। शव बोकेको उक्त एम्बुलेन्समा चार जना चढेका चडेका थिए जस मध्ये तिन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापका २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूलाई उपचारका लागि धुलिखेल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।

काठमाण्डाै। आज शुक्रबार काठमाण्डाैमा बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ । दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवम् संवाद व्यवस्थापन समिति संयोजक डा. आरजु राणा देउवाले ‘मिडिया ब्रिफिङ’ मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकारी गराएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद ब्यानरको अनावरण गरी संवादको औपचारिक उद्घाटन गर्दै संवाद सत्रमा संवादको दृष्टिकोण र विश्वले जलवायु परिवर्तनसहित धेरै दबावपूर्ण चुनौतीहरूको सामना गरिरहेका बेला यसको महत्त्व समेत प्रस्तुत गर्दै चुनौती सम्बोधन गर्न ‘संवादको शक्ति’ मा पनि जोड दिए ।सम्बोधन गर्नुअघि उनले आधिकारिक रूपमा सरकारको राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडीसी) अनावरण गर्नुका…

काठमाण्डाै – आउँदो शुक्रवारदेखि शुरू हुने सगरमाथा संवादमा एक सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा एक सय ७५ जना विदेशी पाहुनासहित तीन सय ५० जना सहभागी हुने जानकारी दिएकी हुन्। उनले संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीसँग 'साइडलाइन' भेटवार्ताको व्यवस्था गरिएको बताइन्। संवादको तयारी अन्तिम चरणमा पुगेको छ । तयारी स्वरूप सरकारले १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरेको छ । तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने परराष्ट्रमन्त्री राणाले…

नयाँ दिल्ली।। भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेको छ। पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमणमा भएको जनाएको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न स्थानमा आक्रमण भएको दाबी गरेको छ। यो हवाई आक्रमणपछि अन्तर्राष्ट्रिय समुदायले पनि प्रतिक्रिया जनाइसकेका छन्। अमेरिकी विदेशमन्त्री मार्क रुबियोले घटनालाई गम्भीरतापूर्वक लिएको बताएका छन्। आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्। पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको…

झापा। ।झापामा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका छन्। बिर्तामोडमा आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा झापाका १० वटा राजनीतिक दलहरुले प्रेस स्वतन्त्रताका लागि ५ बुँदे प्रतिवद्धतासहित हस्ताक्षर गरेका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाले ’प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तर सम्वाद कार्यक्रमको आयोजना गरेको थियो सोहि कार्यक्रममा सहभागी राजनीतिक दलहरुले साझा प्रतिवद्धता जनाएका हुन्। कार्यक्रममा नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेकपा (माओवादी केन्द्र) झापा संयोजक राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा…

मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भए । संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारी…