इपुर्वी खबर

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

महिला गोल्डकप : आर्मी र एपीएफ दुवै टोलिको उपाधी जित्ने दाबी

  इलाम  ।। दोस्रो अन्तरास्ट्रिय आमन्त्रित महिला गोल्डकप २०८१ अन्तर्गत उपाधी रक्षाका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल एपीएफ शनिबार इलामको ठूलो टँडिखेलमा आमनेसामने हुदैँछन । आर्मीले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन पाहुना टोलि भारतको मानेभञ्ज्याङ र सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो भने एपीएफले पहिलो खेलमा पाहुना टोलि भारतको मध्य प्रदेशको चर्चित मदर टेरेसा फुटबल क्लबलाई फराकिलो गोलअन्तर र सेमिफाइनलमा विभागीय टोलि नेपाल पुलिसलाई पराजित गर्दै उपाधिका लागि आर्मी सँगको भेट पक्का गरेको हो । महिला फुटबलमा विभागीय टोलि एपीएफ पावर हाउसको रुपमा चिनिन्छ । प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टिम एपीएफ…
Read More
चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

चैतदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा पनि खुल्ला हुने

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ७ बजे खुलेर राति ११ बजे बन्द हुँदै आएको आउँदो चैत १९ गते देखि रातको समयमा पनि खुल्ला हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पूर्वाधार विस्तारका क्रममा सञ्चालित तीन वटा आयोजनामध्ये धावनमार्गको ७५ मिटर नजिकको काम पूरा हुनै लागेपछि विमानस्थल राति १२ बजेसम्म खुला गरेर दैनिक १८ घण्टा सञ्चालन हुन लागेको जानकारी दिएको हो । विमानस्थल नै बन्द गरेर धावनमार्गसँगै जोडिएको मुख्य जटिल काम सकिन लागेपछि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने तयारीमा रहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्। त्यसो त धावनमार्गको क्षमता अभिवृद्धिका लागि काम शुरु…
Read More
टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
Read More
फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

फुटबलर एन्जिलाको जीवनमा आधारित नेपाली फिल्म ‘अन्जिला’ फागुन २९ देखि प्रदर्शन हुने

बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित चलचित्र अञ्जिला यही फागुन २९ देखि प्रदर्शनमा आउने भएको छ। आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत फिल्मका निर्माता तथा निर्देशकले  अन्जिला फिल्म प्रदर्शनको बारेमा जानकारी दिएका हुन् फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथा चलचित्रमा समेटीएको छ । तुम्बापोको बायोपिकको रुपमा निर्माण गरिएको चलचित्रमा स्वयम अञ्जिलानै मुख्य भुमिकामा देखिएकी छिन् । फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी तथा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका माता पिताको भूमिकामा रहेका छन् । चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से…
Read More
सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

सुखानी पुगेका नेताले भने – एमाले बाहेक कसैले सहिदको सपना पुरा गर्न सक्दैन

  झापा । नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष गुरु बरालले सुखानी सदाहतस्थलमा उभिएर एमाले बाहेक कसैले सदिहको सपना पुरा गर्न नसक्ने बताउनु भएको छ । नेकपा (एमाले) झापा र इलामको आयोजनामा आज सुखानी सदाहत स्थलमा आयोजित स्मृति दिवसमा उहाँले सहिदको सपना गर्न नेकपा एमाले प्रतिवद्ध रहेको बताउनुभयो । सुशासन, विकास र समृद्धि हासिल गरेपछि मात्रै सुखानीका सहिदहरुको सपना पुरा हुने बताउँदै उहाँले गन्तव्यहिन यात्रामा रहेका, अलमलमा परेकाहरुलाई पार्टीमा फर्किन आव्हान गर्नुभयो । माई नगर कमिटीको व्यवस्थापनमा आयोजित ५३ औं सहिद दिवसमा उपाध्यक्ष बरालले समृद्ध राष्ट्र निर्माणको गर्ने अभियानमा जोडिन आग्रह गर्दै भन्नुभयो – ‘यो मुलुकको विकासको नेतृत्व एमालेले गर्छ, तपाईहरु…
Read More
अर्जुनधारामा आज सार्वजनिक बिदा

अर्जुनधारामा आज सार्वजनिक बिदा

झापाको अर्जुनधारा नगरपालिकाले फाल्गुन २१ गते बुधबार (आज ) सार्वजनिक विदा दिएको छ । सुखानी सहिद स्मृति दिवसको अवसर पारेर नगरपालिकाले आज स्थानीय विदा दिएको जनाएको छ । नगरपालिकाले आज विज्ञप्ति जारी गर्दै  स्थानीय विदा दिएको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष फागुन २१ गते मनाउँदै आइएको सुखानी शहिद स्मृति दिवशको अवसरमा मिति २०८१ साल फागुन २१ गते बुधबारका दिन यस अर्जुनधारा नगरपालिका अन्तर्गतका निकाय तथा शैक्षिक संस्थाहरुमा ( स्वास्थ्य संस्थाको आकस्मिक सेवा तथा प्रसूती सेवा बाहेक) स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
Read More
प्रेस सेन्टर नेपालको पद हस्तान्तरण तथा बिमोचन कार्यक्रम……..

प्रेस सेन्टर नेपालको पद हस्तान्तरण तथा बिमोचन कार्यक्रम……..

बिर्तामोड । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिको पद हस्तान्तरण एबम् सुखानी सन्देश बिशेषांक बिमोचन कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष बिष्णु सापकोटा (जुगल) ले मंगलबार ब्यानर बाचन गरेर सुभारम्भ गरिएको कार्यक्रममा पुर्व पदाधिकारीले नयाँ कार्यसमितिलाई माइन्युट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेका थिए । कार्यक्रममा पत्रकार राजु पाठकको सम्पादन एबम् निर्देशनमा प्रकाशन गरिएको सुखानी बिशेषांक प्रमुख अतिथि, बिशिष्ठ अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बिमोचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सापकोटाले सहिदले अपेक्षा गरेको सपना र देशमा बिद्यमान उपलब्धिलाई पुर्णता दिन पत्रकारिता क्षेत्रले मुख्य भुमिका खेल्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रमका विशेष अतिथि…
Read More
३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

३० हप्तामा जन्मिएको शिशूको बिर्तासिटीमा डा. ज्योतिले गरिन् सफल उपचार

  बिर्तामोड, फागुन १९। बिर्तामोड नगरपालिका–३ सैनिक मोड निवासी ज्योति लिम्बूले ३० हप्तामा शिशूलाई जन्म दिएकी छिन् । उनले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा डा. अजय अग्रवालको सहयोगमा ‘नर्मल’ रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनले जन्माएको छोरीको तौल १.७ केजी रहेको छ । ‘सामान्यतया गर्भधारण भएको ३७ हप्ता पूरा भएपछि टम डेलिभरी हुनेगर्छ’– अस्पतालकी पिडियाट्रिक एण्डोक्राइनोलजी डा. ज्योति अग्रवालले भनिन्– समय अवधि पुगेर जन्मिएका शिशुको तौल सामान्यतया २.५ केजीदेखि ३.५ केजीसम्म हुने गर्छ । तर, ज्योतिले ३० हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । जुन ‘एब्नर्मल’ हो, जसलाई हामी ‘प्रि म्याचुर्ड वर्र्थ’ भन्छौं । ३८ हप्ताभन्दा मुनि बच्चा जन्मिए हामी त्यसलाई…
Read More
आज सेयर बजारमा….

आज सेयर बजारमा….

काठमाण्डाै। आज सेयर बजार घटेको छ । बजारको परिसूचक नेप्से १३ दशमलव ६२ अङ्कले घटेर २ हजार ८ सय ७६ विन्दुमा झरेको छ । बजार खुलेको ३ मिनेटमै २ हजार ९ सय २९ विन्दुसम्म पुगेको थियो । नेप्से लगातार ९ काराेबार दिनपछि आज घटेकाे हाे । तर कारोबार रकम भने बढेको छ । हिजो १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज ३ सय वटा कम्पनीका ३ करोड १२ लाख कित्ता शेयर १४ अर्ब २८ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भयो । समाज लघुवित्त कम्पनीको शेयर १०…
Read More
भाउजुको हत्यापछि युवकले गरे झुण्डिएर आत्महत्या

भाउजुको हत्यापछि युवकले गरे झुण्डिएर आत्महत्या

झापा, खोटाङमा भाउजूको हत्यापछि एक युवकलेआत्महत्या गरेका छन् । खोटाङको बराहपोखरी गाउँपालिका १ डाँडाखर्कमा भाउजूको हत्या गरेर युवकले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ। घटनाको प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको र युवकले आत्महत्या गरेको देखिए पनि पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डीएसपी प्रतीक विष्टले बताए। डीएसपी विष्टसहितको टोली घटनास्थल पुगेर अनुसन्धान गरी सदरमुकाम फर्किएको छ। बराहपोखरीको डाँडाखर्कका २३ वर्षीया सरिता विष्ट र २० वर्षका शिखर बस्नेत बुधबार बिहान घर नजिकैको दारेगौँडा जंगलमा मृत फेला परेका थिए। सरिताको घाँटी लगायत विभिन्न ठाउँमा चोट थियो। सरिताको शव फेला परेको स्थाननजिकै शिखर झुण्डिएको अवस्थामा मृत…
Read More