इपुर्वी खबर

जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुग्यो

जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुग्यो

  झापा २९ भदौ ।। भदौ २३ र २४ गते भएको  जेनजी आन्दोलनमा मृत्यु हुनेहरुको संख्या ७२ पुगेको जनाएको छ । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले आज (आइतबार) सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सरकारले यस्तो जानकारी गराएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार आन्दोलनकारीतर्फ ५९ जनाले मृत्युवरण गरेका छन् । यस्तै, प्रहरीतर्फ ३ जनाको निधन र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको हो । सरकारले जेनजी आन्दोलनमा मारिनेहरुलाई शहीद घोषणा गर्नुको साथै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
Read More
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

  झापा भाद्र २९ ।। नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी छन् । बिहान साढे ११ बजे उनले सिंहदरबारको गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रधानमन्त्री कार्यालयमा पुगेर जिम्मेवारी सम्हालेकी हुन् । कार्की शनिबारदेखि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएकी छन् । जेनजी पुस्ताको आन्दोलन चर्किएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।
Read More
शिवपुरीबाट जेन जीलाई ओलीको सन्देश

शिवपुरीबाट जेन जीलाई ओलीको सन्देश

  झापा भाद्र २५ ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै यस्तो लेखेका छन्। प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो…
Read More
सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा लिएर जानेमा जेनजीहरू सहमति

सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा लिएर जानेमा जेनजीहरू सहमति

झापा।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी  भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।
Read More
अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीलाई लिएर जाने सहमति

अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीलाई लिएर जाने सहमति

झापा भाद्र २५ ।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी  भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्। उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको…
Read More
ईस्ट इन्टरकलेज टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि  महेन्द्र मोरङ  विराटनगरलाई

ईस्ट इन्टरकलेज टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्र मोरङ विराटनगरलाई

  झापा भाद्र १८ ।। ईस्ट इन्टरकलेज टि - ट्वान्टी क्रिकेट प्रतियोगिता २०२५ को उपाधि विराटनगरको महेन्द्र मोरङ आदर्श  मल्टिपल क्याम्पसले हात पारेको छ। भद्रपुर स्थित मेची मल्टिपल क्याम्पसको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा अर्को उपाधि दावेदार मानिएको आयोजक मेचि मल्टिपल कलेज भद्रपुर झापालाई हराउँदै महेन्द्र मोरङले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मोरङले २० ओभरको समाप्तिमा १३६ रन जोड्न सफल भएको थियो। १३७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मेचीले सोचे अनुरूपको प्रदर्शन गर्न नसक्दा उपाधि महेन्द्र मोरङलाई सुम्पिएको हो। जितको लक्ष्य सहित मैदान प्रवेश गरेको मेचीका लागि बलरहरू क्रिजमा टिक्न नसक्दा सस्तैमा समेटिएको हो।…
Read More
प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली आज चीन भ्रमणमा जाँदै

झापा– प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका लागि शनिबार (आज) चीन प्रस्थान गर्दैछन् । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ओली चीन प्रस्थान गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा चीन जाने नेपाली प्रतिनिधिमण्डलमा २३ जना सदस्य रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण टोलीमा  श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र…
Read More
पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

  बिर्तामोड नगरपालिका–२ स्थित ग्रीन पार्कको स्विमिङ पुलमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ। शुक्रबार साँझ बिर्तामोड–३ का ३३ वर्षीय प्रकाश प्रसाईँ स्विमिङ पुलमा मृत फेला परेको भनी पार्क सञ्चालक जीवन ढुङ्गानाले प्रहरीलाई खबर गरेका थिए। मृतक प्रसाईँ आफ्नो साथी बिर्तामोड–१० का केशव शिवाकोटीसँग घुम्न र पौडी खेल्न शुक्रबार दिउँसो पार्कमा पुगेका थिए । पौडी खेल्ने क्रममा प्रसाईँको मृत्यु भएको उनले बताएका छन् घटनाको जानकारीपाछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।
Read More
क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

क्वेभर ब्यान्डको नयाँ म्युजिक भिडियो सार्वजनिक

  झापा भाद्र १३ ।।नेपाली संगीत क्षेत्रमा उदाउँदै गरेको क्वेभर ब्यान्ड नेपालले आफ्नो नयाँ गीत "संगीत मेरो" को अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेको छ। निमा वाङ्गेल तामाङ, को स्वरमा रहेको गीतमा सुबास श्रेष्ठ (ड्रम), सन्तोष श्रेष्ठ (बास गिटार), सुरज गहतराज  (लीड गिटार), र सुदीप सिवा (बाँसुरी) ले साथ दिएका छन्। गीतको मिक्सिङ र एरेञ्ज जोनी तामाङ ले गरेका हुन्। भिडियोमा समना कार्की, युगेन लोहार र समिक्ष्या गौतम को अभिनय रहेको छ।  बिनोद जंग क्षेत्रीले छायाङ्कन गरेको म्युजिक भिडियोमा  सहायक छायांकन रबिन बस्नेत को रहेको छ। भिडियो सम्पादन सुभ बिबाह क्रिएसन स्टुडियो काँकरभिट्टा ले गरेको हो। सार्वजनिक म्युजिक भिडियोमा स्थानीय स्तरका…
Read More
अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

अर्जुनधारामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुँदै

  झापा भाद्र १३ ।।  झापाको अर्जुनधारामा अर्जुनधारा राष्ट्रिय महिला भलिबल लिग प्रतियोगिता हुने भएको छ। लक्ष्मी माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता २०८२असोज ६ गतेदेखि ११ गतेसम्म अर्जुनधारा ६ स्थित लक्ष्मी माविको खेलमैदानमा हुनेछ लिगकम नकआउटको आधारमा हुने प्रतियोगितामा विभागीय टिमहरु नेपाल एपीएफ, नेपाल पुलिस क्लब त्रिभुवन आर्मी क्लब ,कोशी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र न्यु डाइमण्ड भलिबल क्लब को सहभागिता रहनेछ प्रतियोगिता आयोजना गर्न विभिन्न समिति तथा उपसमिति निर्माण गरी काम सुरु गरिएको छ। प्रभा काम्बाङको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ। समितिमा रोशन डाँगी, फडेन्द्र सिग्देल, कृष्ण खड्का, मिलन लिम्बु ,जीवन लिङ्देन, जीवन खनाल ,विराज सुवेदी ,सुशील…
Read More