इपुर्वी खबर

विराटनगमा प्रहरीको गाडी दुर्घटना ३० प्रहरी घाइते

विराटनगमा  प्रहरीको गाडी दुर्घटना  ३०  प्रहरी घाइते

विराटनगमा प्रहरीको गाडी दुर्घटना ३० प्रहरी घाइते

विराटनगर  विराटनगरस्थित भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा ३० जना प्रहरी घाइते भएका छन् ।पाँचजना गम्भीर घाइते छन । बुधबार बेलुका कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरीहरू डियुटी सकेर फर्किंदै गर्दा गाडी पल्टिदा दुर्घटना भएको हो । घाइते भएका प्रहरीहरुको  विराटनगरस्थित कोशी अस्पतला, न्यूरो र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भिम दाहालले जानकारी दिए । घाइते हुने अधिकाशं प्रहरी जवान रहेका छन् । ‘डियूटी सकेर प्रहरी चढेको टु टन गाडी कार्यालयतर्फ आउँदै थियो । भट्टीमोर्डको ट्रनिङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा दुर्घटना भएको प्रराम्भिक जानकारी आएको छ,’ एसएसपी दाहालले भने, ‘दुर्घटनामा घाइते…
Read More
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चाल गरेको प्राविधिक शिक्षालयमा तालावन्दी

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चाल गरेको प्राविधिक शिक्षालयमा तालावन्दी

  बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं  २ बेलडाँगीमा रहेको नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको प्राविधिक  शिक्षालयमा  प्रशिक्षक र बिध्यार्थीहरुले प्रशासन शाखामा तालावन्दी गरेका छन पाँच महिनादेखि तवल नपाएपछि प्रशिक्षकहरुले तालावन्दी गरेका हुन् । करिव ४० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको संस्थापक प्रशिक्षक नविन किशोर बिमलीले जानकारी दिए । उनले शिक्षालयमा कार्यरत प्रशिक्षकको भुक्तानी रोकेपछि तालावन्दी गरेको बताए । सहमति अनुसार असार मसान्तभित्र तलव भुक्तानी गर्ने भनिएको थियो, उनले भने – अहिले साउन अन्तिम र भदौ पहिलो हप्ता भनिदैछ । प्रतिष्ठान नै अस्तव्यवस्त अवस्थामा पुगेको बताउदै विमलीले प्रशिक्षकहरुले सामूहिक राजीनामा दिइसकेको जानकारी दिए । पटक–पटक फोन…
Read More
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

  काठमाडौं साउन २॥ बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
चन्द्रागिरी केवलकारमा यात्रु अड्किए, उद्धार  हुदै

चन्द्रागिरी केवलकारमा यात्रु अड्किए, उद्धार हुदै

काठमाडौं साउन २॥  विद्युत् अवरूद्ध भएपछि चन्द्रागिरी केवलकारमा यात्रु अड्किएका छन् । विद्युत अवरुद्द भएर मानिसहरू अड्किएपछि चन्द्रागिरी केवलकारबाट वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको छ महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार केवलकारमा अड्किएकाहरूलाई झार्न कम्पनीले जेनेरेटर चलाउने जानकारी दिएको थियो । तर त्यसले पनि काम नगरेपछि अब हातैले केवलकारका डोरी तान्न लागिएको छ । समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वैकल्पिक उपायका लागि राखिएको जेनेरेटर पनि नचलेपछि कम्पनीले प्रहरीको पनि सहयोग लिएर केवलकारका रोप्वेलाई हातैले तानेर झार्ने प्रयास गरिरहेको छ । केवलकारमा यात्रु फसेको सूचना पाएपछि…
Read More
आज हरिशयनी एकादशी तुलसीको बिरुवा रोप्ने दिन

आज हरिशयनी एकादशी तुलसीको बिरुवा रोप्ने दिन

  झापा साउन २॥   आज हरिशयनी एकादशी प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको वरिष्ठ ज्योतिष एवं पण्डित डा. रुद्रनाथ अधिकारी बताउँछन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि  देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड…
Read More
गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु , एक घाइते

गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु , एक घाइते

  गौरादह साउन २ ॥ झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । एक गम्भिर घाईते भएका छन। हिजो साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो । बा । ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको उपचारको क्रममा दमकको निम्स अस्पतालमा साँझ ०७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रङ्गपुरबाट सीतापुरीतर्फ जाँदै गरेको भण्डारीले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे । ६ प ५८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । अर्को मोटरसाइकलका चालक गौरादह १ बस्ने अन्दाजी २७२८…
Read More
बेलबारीस्थित जंगलमा  वृद्ध बेवारिसे अवस्थामा फेला, छोराबुहारीले लगेर छोडेको आशंका

बेलबारीस्थित जंगलमा वृद्ध बेवारिसे अवस्थामा फेला, छोराबुहारीले लगेर छोडेको आशंका

  मोरङ साउन १॥मोरङको बेलबारी स्थित घना जंगलबीचमा मंगलबार एकजना वृद्ध बेवारिसे अवस्थामा फेला परेका छन। उमेरले ७० काटिसकेका ति वृद्धलाई हात्ती ओहोरदोहोर गर्ने जंगलबीचबाट उद्धार गरिएको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका-१ निवासी ती  वृद्धले मागेर गुजारा चलाउने गरेका थिए । जामुनलाल झागड बताउने ती वृद्धलाई उनका छोराबुहारीले बेलबारी-चिसाङ साझेदारी वन क्षेत्रको जंगलमा छाडेको आशंका स्थानीयले गरेका छन् । बेलबारीस्थित जनप्रतिनिधिहरूका अनुसार उनलाई जेठा छोराबुहारीले चार दिनअघि उक्त जंगलमा लगेर छाडेको बताएका छन् । जंगलको बीचमा छाडिएका उनलाई हात्तीको निगरानी गर्न पुगेको उक्त वनको गस्ति टोलिले  भेट्टाएको थियो । बोल्न नसक्ने अवस्थाका उनलाई मंगलबार नै उद्धार गरेर बेलबारीको नगर अस्पतालमा…
Read More
किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै

किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै

  पाँचथर साउन १॥ किराँत समुदायले आज सिसेक्पा तङ्नाम पर्व  मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराँत समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ । पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किरातीहररू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजंगलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) संकलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मेन्याङबोले जानकारी दिइन् । उनका अनुसार सबै…
Read More
डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय  रेग्मी र  लामालाई संयुक्त प्रदान गरिने

डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई संयुक्त प्रदान गरिने

  बिर्तामोड साउन १ ।। यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले…
Read More
आज साउने सङ्क्रान्ति   पर्व (लुतो फाल्ने) दिन

आज साउने सङ्क्रान्ति पर्व (लुतो फाल्ने) दिन

  झापा साउन १॥  सौरमास  अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व (लुतो फाल्ने) दिन देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषिकर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा…
Read More