इपुर्वी खबर

डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई संयुक्त प्रदान गरिने

 

बिर्तामोड साउन १ ।। यो वर्षको डि कौडिन्य पत्रकारिता पुरस्कार पत्रकारद्वय झुलन रेग्मी र डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको छ ।

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डि कौडिन्य) को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी र नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए ।

असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले बताए । स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डि कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्षयता २१ हजार रुपैयाँ थियो ।

उनले भने, ‘यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य भएको छ ।’ पुरस्कार डि कौडिन्यको स्मृति दिवसको अवसरमा साउन ७ गते वितरण गरिने छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...