इपुर्वी खबर

गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु , एक घाइते

 

गौरादह साउन २ ॥ झापाको गौरादहमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एकजनाको मृत्यु भएको छ । एक गम्भिर घाईते भएका छन।

हिजो साँझ ०७ः१० बजे गौरादह-१ सीतापुरीचोकको भित्री सडक खण्डमा दुर्घटना हुँदा कमल-५ बस्ने २४ वर्षीय सञ्जोक भण्डारीको मृत्यु भएको हो ।

बा । ७० प १८१ नम्बरको मोटरसाइकलका चालक भण्डारीको उपचारको क्रममा दमकको निम्स अस्पतालमा साँझ ०७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रङ्गपुरबाट सीतापुरीतर्फ जाँदै गरेको भण्डारीले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे । ६ प ५८१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए ।

अर्को मोटरसाइकलका चालक गौरादह १ बस्ने अन्दाजी २७२८ वर्षीय दुर्गा ताजपुरियालाई थप उपचारका लागि बिर्तामोडको विर्तासिटी अस्पताल ल्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...