इपुर्वी खबर

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड असार ३१। प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो । नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग…
Read More
सरकारी कार्यालयमा पनि विद्युतीय भुक्तानी (Q R) प्रणाली लागू हुने

सरकारी कार्यालयमा पनि विद्युतीय भुक्तानी (Q R) प्रणाली लागू हुने

  झापा असर ३० ।। साउन १ गतेदेखि सरकारी कारोबारमा पूर्णत विद्युतीय भुक्तानी कायम हुने भएको छ। याे व्यवस्थासँगै अब सरकारी काराेबार नगदरहित हुने भएकाे छ। गत जेठ १५ गते प्रस्तुत गरेको बजेटको व्यवस्था अनुसार विद्युतीय भुक्तानीको व्यवस्था मिलाउन अर्थमन्त्रालयले सरोकारवाला निकायहरूलाई परिपत्र जारी गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष अर्थात साउन १ गते लागू हुने गरी सबै सरकारी निकायलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गर्ने सम्बन्धमा सूचना जारी गरेको हो। मन्त्रालयले सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरण, सार्वजनिक संस्थानहरू, बोर्ड/समिति/ प्रतिष्ठान सबै संस्थाहरू विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन भनेको छ। सरकारले…
Read More
काठमाडौँको बुढानीलकण्ठमा फुट्सल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख

काठमाडौँको बुढानीलकण्ठमा फुट्सल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख

  काठमाडौँ असार २९ ।।    काठमाडौँको बुढानलकण्ठमा पहिलोपटक खुल्ला पुरुष फुट्सल प्रतियोगिता आयोजना हुने भएको छ। इन्टरनेसनल इभेन्ट्स नेपालले आयोजना गर्न लागेको उक्त फुट्सल प्रतियोगिता बुढानीलकण्ठ स्थित देवी स्पोर्ट्स हाउसमा यही श्रावण २ र ३ गते हुने आयोजकले जानकारी दिएको छ। आई सी एस एजुकेशन माईग्रेसन मुख्य प्रायोजक रहेको प्रतियोगिताको एक्सट्रीम इनर्जी ड्रिंक्स पावर स्पोन्सर रहेको छ। प्रतियोगितामा काठमाडौँ; लगायत देशका विभिन्न फुट्सल क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ। साउन ३ गते हुने फाइनल विजेताले नगद १ लाख रुपैयाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ५० हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् यसैगरी विधागत रूपमा…
Read More
आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

आज २१२औँ भानु जयन्ती, देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै

  झापा असार २९।। नेपालि साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम गरी मनाइँदै छ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पढेको पाइन्छ । तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए…
Read More
सिमलताल घटनाको एक वर्ष

सिमलताल घटनाको एक वर्ष

काठमाडौं।।सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु एक वर्ष पुग्दा पनि भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरो सँगै त्रिशूलीमा खसेका थिए। बसमा सवार यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना जीवित, २० जनाको शव भेटिएको थियो भने बाँकी अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए ।तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता रहेका छन्…
Read More
रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने कुलमान घिसिङको भनाई…..

काठमाण्डौ – घरपरिवारबाट टाढा बसेर खाडीका बिभिन्न देशमा पसिना बगाएर आर्जन गरेको रकम रेमिट्यान्स पठाउने श्रमिकलाई सम्मान गरिनुपर्ने नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको भनाई रहेको छ । उनले यूएई , कतारमा लगाएत मध्यपूर्वी देशहरूमा वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीले वार्षिक रूपमा झन्डै साढे ७ खर्ब रुपैयाँ रेमिट्यान्स पठाउने खाडी देशमा कार्यरत श्रमिकलाई सम्मान गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिएका हुन। ओमानमा रहेका नेपालीले गरेको सम्मान कार्यक्रममा घिसिङले श्रमको सम्मान गर्ने वातावरण नबनेसम्म देशको आर्थिक समृद्धि हासिल हुन नसक्ने उल्लेख गरे । देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन घोषण गरिएको ‘उज्यालो नेपाल…
Read More
काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौं महानगरपालिकाको बजेट आइतबार ल्याउने

काठमाडौँ।। विवादका कारण निर्धारित मिति अर्थात्‌ असार १० मा बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट असार २९ गते ल्याउने भएको छ । शुक्रबार बसेको कार्यपालिकाको बैठकले बजेट आइतबार ल्याउने निर्णय गरेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई लिएर मेयर बालेन्द्र साह र अन्य जनप्रतिनिधिबीचको विवादबीच शुक्रबार बसेको कार्यपालिका बैठकमा नयाँ बजेट असार २९ गते पेश गर्ने सहमति बनेको हो । काठमाडौँ महानगरकी उपप्रमुख सुनीता डङ्गोलले नगर सभामा उक्त बजेट पेश गर्नेछिन्‌ । शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले आगामी आर्थिक वर्षका लागि बजेटको आकार निर्धारण गरिसकेको छ । उपमेयर सुनिता…
Read More
शेयर बजार आज पनि बढ्यो

शेयर बजार आज पनि बढ्यो

झापा।।आज नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २ हजार ७ सय ३१विन्दुमा पुगेको छ ।हिजोको कारोबार हेर्दा ७ अर्ब ४५ करोडको भएकोमा आज ३ सय १२ वटा कम्पनीका २ करोड ६४ लाख कित्ता शेयर ९ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएका कारण बढेको देखिएको हो । आज सबै समूहको शेयर बढेकोमा बैंकिङ समूहको शेयर ३ प्रतिशतले उकालो लागेको छ भने जलविद्युत्, व्यापार समुह को कारोबार त्यति चित्तबुझ्दो भएन। माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ४६ प्रतिशत र विकास बैंक समूहको शेयर १ दशमलव १२ प्रतिशतले बढेको छ ।समग्रमा बजार बढेको दिन कर्पाेरेट विकास बैंकको शेयर भने झन्डै १० प्रतिशतले घटेको छ ।आज…
Read More
अर्जुनधारामा सामूहिक कुटाइबाट महिलाको मृत्यु, श्रीमानसहित पाँच पक्राउ।

अर्जुनधारामा सामूहिक कुटाइबाट महिलाको मृत्यु, श्रीमानसहित पाँच पक्राउ।

  झापा असार २५ ।। अर्जुनधारा नगरपालिका वडा नम्बर ८ सनिश्चरे बजारमा महिलाहरूको सामूहिक कुटाईबाट अर्की एक महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका वार्ड नं ४ भाङवारी घर भई ८ नम्बर वडा शनिश्चरे क्याम्पस नजिक डेरा गरी  बस्ने  २२ बर्षिया युवती गंगा राईको मृत्यु भएको हो। आफ्ना पति गंगाको कोठामा गएको झोकमा सुस्मिता भुसालले साथी भेला गराई सामूहिक कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार राति ११ः३० बजे भोजपुर रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठे घर भई अर्जुनधारा–८ बस्ने विश्व चौधरीको घरमा डेरा गरी बस्ने ३२ वर्षीया सुस्मिताले सोही ठाउँका ५४ वर्षीया मैया श्रेष्ठ,३८ वर्षीया बबिता विक,२४ वर्षीया मेनुका पाँचकोटे र ६०…
Read More
क्यान झापाको समन्वयमा १५ दिने सीप अभिवृद्धि तालिम सम्पन्न

क्यान झापाको समन्वयमा १५ दिने सीप अभिवृद्धि तालिम सम्पन्न

बिर्तामोड असार २५।। कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापाको समन्वयमा  सञ्चालित १५ दिवसीय सीप अभिवृद्धि तालिम समापन भएको छ । असार ८ गतेबाट झापाको बिर्तामोड स्थित प्रथम आइटी कलेजको सभा हलमा सञ्चालित तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै औपचारिकरुपमा तालिम समापन गरिएको हो । आजको आवश्यकता, व्यवसायिक उच्च दक्षता भन्ने नारा दिएर हेल्भेटास नेपाल इन्स्योर परियोजनाको लगानीमा सहकारी संस्थाहरु, सहकारी पसल तथा डिपार्टमेन्ट स्टोरहरुमा आइटी सेक्टरमा कार्यरत कर्मचारीहरुलाई ६० घण्टे तालिम दिइएको हो । बिर्तामोडस्थित प्रथम आईटी सिस्टम प्रालि र प्रयास प्रारम्भले तालिमको आयोजना गरेका थिए । तालिममा ४५ जना हाराहारीको सहभागिता थियो । बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख…
Read More