इपुर्वी खबर

शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

शुक्रबारदेखि हराइरहेका दुई बालबालिका खोलामा मृत अवस्थामा फेला

  झापा साउन १९ ।। पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुस्थित बिरुवा गाउँमा गत शुक्रबारदेखि बेपत्ता भएका दुई बालबालिकाको शव खोलामा मृत अवस्थामा फेला परेको छ। बुधबार बिहान ६ वर्षीया नमुना राई र उनका दाजु ९ वर्षीय शिशिर राईको शव बिरुवा खोलामा फेला परेको इलाका प्रहरी कार्यालय च्याङथापुका प्रमुख भीम थेवेले जानकारी दिए। स्थानीयवासीले बिहान नमुनाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि खोजी गर्ने क्रममा उनका दाजु शिशिरको शव पनि सोही खोलामा करिब २०० मिटर तल फेला परेको हो। प्रहरीका अनुसार बालबालिका नजिकैको खोलाको दहमा पौडी खेल्न गएका बेला खोलाले बगाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा बाटोबाट किताबहरू छरिएको…
Read More
टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

टहलदास ओलीको अध्यक्षतामा प्रणामी व्यवसायी संघ नेपाल झापा जिल्ला कार्यसमिति गठन

झापा, साउन १८।। झापा जिल्लाभरका श्रीकृष्ण प्रणामी समुदायसँग आबद्ध व्यवसायीहरूको साझा संस्था प्रणामी व्यवसायी संघ नेपाल, झापा जिल्ला कार्य समिति गठन गरिएको छ। कनकाई नगरपालिका–४ स्थित श्री कृष्ण प्रणामी मन्दिर माईधाममा सम्पन्न भेलाबाट युवा व्यवसायी टहल दास ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। कार्यक्रम श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा तथा प्रणामी व्यवसायी संघ नेपालको सहभागितामा सम्पन्न भएको छ। कार्यक्रममा झापा जिल्लाभरिका श्रीकृष्ण प्रणामी व्यवसायीहरूको प्रतिनिधिमूलक सहभागिता रहेको थियो।कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगाईले गरेका थिए भने अध्यक्षता परिषदका अध्यक्ष विष्णु प्रसाईंले गरेका थिए। श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सह–कोषाध्यक्ष अर्जुन वाग्ले प्रमुख अतिथ्यतामा…
Read More
कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

कालिञ्चोक मेनपावरको शाखा कार्यालय अब बिर्तामोडमा

  बिर्तामोड साउन १८।। काठमाडौँमा रहेर वैदेशिक रोजगारीको लागि भरपर्दो र विश्वासिलो काम गर्दै आएको कालिञ्चोक मेनपावरको शाखा कार्यालय झापाको बिर्तामोडबाट सञ्चालनमा आएको छ। बिर्तामोड नगरपालिका वडा नं १ पश्चिम बस स्टेन नजिकै राजगढ बस स्टेनमा कार्यालय रहेर  कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । आज आइतबार विधिवत रूपमा मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक निर्देशक स्वेच्छिक कार्कीले रिबन काटेर शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रथम उपाध्यक्ष राजन सिलवाल, महासचिव नीरकुमार खत्री, सचिव राजेन्द्र पौडेललगायतले शुभकामना दिएका थिए । काठमाडौँ तथा झापामा रहेर लामो समय वैदेशिक रोजगार व्यवसायको अनुभव बटुलेका…
Read More
झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

झापामा जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न

  झापा साउन १८ ।। ‘भाषा, कला र संस्कृतिको ज्ञान, नेवाः जातिको साझा पहिचान’ भन्ने मुख्यः श्लोग्नसहित मेचीनगर—६ काँकरभिट्टा झापामा  दोस्रो जिल्ला स्तरीय सामुहिक लाखे जात्रा तथा संस्कृति प्रदर्शन सम्पन्न भएको छ नेवाः खल पुच झापाले आयोजना गरेको उक्र कार्यक्रमको सह—आयोजक तथा व्यवस्थापन नेवाः समाज समिति मेचीनगर –६ काँकरभिट्टाले गरेको थियो कार्यक्रम नेवा समाज समिति मेचीनगर –६ काँकरभिट्टाका अध्यक्ष कमल गुभाजुको अध्यक्षता तथा नेवाः जागरण मञ्च संस्थापक सदस्य, पूर्व महासचिव नेवाः फिल्म एसोसिएसन अध्यक्ष तथा नेवाः सम्पदा संस्कृतिकर्मी रत्न महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सवै जातजातिका चाडपर्वहरूको अभिलेख राख्नुपर्ने र…
Read More
किसानलाई समर्थन मूल्य प्रदान

किसानलाई समर्थन मूल्य प्रदान

  बिर्तामोड, १६ साउन : बिर्तामोड नगरपालिकाले २४ जना कृषकहरुलाई आज समर्थन मूल्य रकम हस्तान्तरण गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नु भएको हो । समर्थन मूल्य प्राप्त गर्ने कृषकहरु मध्ये सबै भन्दा थोरै २ सय ८ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ का रविन बराल र सबै भन्दा धेरै ५ लाख ३४ हजार ५ सय ११ रुपैयाँ प्राप्त गर्ने वडा नम्बर ७ कै प्रदिप खनाल रहनु भएको छ । समर्थन मूल्यको भुक्तानी कार्यविधि माघ १५ गते बसेको कार्यपालिका बैठकबाट पास…
Read More
झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आयोजना हुँदै

झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आयोजना हुँदै

  बिर्तामोड ।।  झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…
Read More
दोस्रो झापा रकस्टार को अडिसन साउन १० बाट विजेताले नगद ५० हजार पाउने

दोस्रो झापा रकस्टार को अडिसन साउन १० बाट विजेताले नगद ५० हजार पाउने

  बिर्तामोड साउन ८  ।। अमृत स्टोर बिर्तामोड झापाको आयोजनामा दोस्रो संस्करणको झापा रक स्टार  ब्यान्ड कम्पिटिसन आयोजना हुने भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी  आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएको हो। दोस्रो संस्करणको झापा रकस्टार विद्यालय स्तरीय रहने आयोजकले जानकारी गराएको छ। प्रतियोगितामा कक्षा ५ देखि कक्ष १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन सक्ने आयोजकका प्रमुख अमृत पौडेलले जानकारी दिए । प्रतियोगितामा झापाका सामुदायिक तथा निजी विद्यालय गरी कुल पाँचवटा विद्यालयहरूको सहभागिता रहेको र आज बेलुकासम्म अन्य विद्यालयहरू थप हुने  उनले बताए । प्रतियोगितामा सहभागिता जनाउने  ब्यान्डमा कम्तिमा पाँचजना सदस्यहरु अनिवार्य हुनुपर्नेछ । र र ब्यान्डमा एउटा  नेपाली लोक…
Read More
डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

  बिर्तामोड साउन ७ ।। स्वर्गीय देवकुमार आचार्य ‘डी कौडिण्य’को स्मृति दिवसको अवसरमा पत्रकार उद्धव पुरी सम्मानित भएका छन् । बुधबार स्वर्गीय आचार्यको २३औँ स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपाल झापा शाखाले स्वर्गीय आचार्यको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार आज विर्तामोडमा एक कार्यक्रम आयोजना गरी पत्रकार पुरीलाई प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र र नगद ४२ हजारसहित पत्रकार पुरीलाई सम्मान गरेका हुन् । प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी. कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा २०५९ साउन ७ गते शाही सत्ताले गिरफ्तार गरी…
Read More
न्युटन्समा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

न्युटन्समा नव आगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

  बिर्तामोड ।।  न्युटन्स एजुकेशन एकेडेमी बिर्तामोड  झापाले कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष किशोर कुमार पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। त्रिदेव बहुमुखी क्याम्पस चारआलीका व्यवस्थापन समितिका अध्यक्ष हरि घिमिरे, नारी सञ्चार गृह झापाका अध्यक्ष स्वस्तिका आचार्यलगायतले नवआगन्तुक विद्यार्थीलाई शैक्षिक सफलताको शुभकामना दिएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले विद्यार्थी तथा अभिभावकलाई शिक्षाप्रति जिम्मेवार बन्न आग्रह गरेका थिए । नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा १५० जना विद्यार्थी भर्ना भएका छन् स्वागत कार्यक्रमलाई अझ सुन्दर बनाउन साङ्गीतिक कार्यक्रम समेत गरिएको थियो।कक्षा…
Read More
इलाममा धारिलो हतियार प्रहार गरी एकको हत्या एक गम्भीर घाइते।

इलाममा धारिलो हतियार प्रहार गरी एकको हत्या एक गम्भीर घाइते।

  झापा साउन १ ।। इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षीय प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट मृत्यु भएको  प्रहरीले जनाएको छ । ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते छन् । प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । त्यसैक्रममा शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते…
Read More