इपुर्वी खबर

Breaking News 2

बिहिबारदेखि फेरी पानि पर्ने पुर्वानुमान

बिहिबारदेखि फेरी पानि पर्ने पुर्वानुमान

झापा। कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।गत मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । बिभागका अनुसार देशका विभिन्न भागमा राती आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना भएपनी दिउँसोदेखि बेलुकासम्म केहि ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । आउँदो बिहीवारदेखि भने फेरी पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान रहेको छ।जस्ले गर्दा हिउँदे बाली थन्क्याउन असर पुर्‍याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ । यो समय पहाडी तथा…
Read More
मेडिकल व्यवसायी प्रसाई पक्राउ

मेडिकल व्यवसायी प्रसाई पक्राउ

झापा।। मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई पक्राउगरी झापा ल्याइएको छ । उनलाई पूर्बी नाका काँकरभिट्टा हुँदै नेपाल ल्याइएको हो । आज बिहान १०ः०५ बजे मेचीनगर –६ स्थित काँकरभिट्टा नाका हुँदै उनलाई नेपाल ल्याइएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चन्द्रगढी बिमानस्थलतर्फ लिएर गएको छ । गत चैत १५ गते राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको हो । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । सीआईबीले उनलाई केहीबेरमा बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ । राष्ट्र, राष्ट्रियता, धर्म,…
Read More
हिउँपहिरोमा परेर दुई बेपत्ता

हिउँपहिरोमा परेर दुई बेपत्ता

म्याग्दी।अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । म्याग्दी स्थित अन्नपूर्ण हिमाल क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा आज बिहानदेखि हराइरहेको सेभेट समिट ट्रेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताएका छन् । आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाण्डौबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिएका छन् । पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।
Read More
बैशाख १३बाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

बैशाख १३बाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न आम भेलाबाट प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने जानकारी गराइएको हो । २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटि बाहुण्डाँगी रहेका…
Read More
आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

आज नेप्से २३ दशमलव ८६ अङ्कले बढ्यो

काठमाडौं।। आज शेयर बजार परिसूचक नेप्से २३ दशमलव ८६ अङ्कले बढेको छ। हिजो झन्डै १७ अङ्कले घटेको शेयर बजार आज बढेर २ हजार ७ सय दशमलव ०४ विन्दुमा पुगेको हो। उकालो लागेको तथ्याङ्क नियाल्दा उत्पादन र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर ९ प्रतिशतभन्दा धेरै र फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको देखिन्छ।त्यसैगरी सेन्ट्रल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।तर आज बजार बढेको दिन पनी बोटलर्स नेपाल (बालाजु) कम्पनीको शेयर भने १० प्रतिशतले घटेको पाइयो। समग्रमा नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज…
Read More
ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

ताप्लेजुङबाट झापा आउँदै गरेको बोलेरो दुर्घटना, ५ जना घाइते…

इलाम। । ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको बोलेरो ब्रेकफेल भई इलाममा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। आज साँझ मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका १ रक्से नजिकै मे १ ज २६ ४५ नं. को बोलेरो अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको हो । बोलेरोमा सवारमध्ये पाँचजना घाइते भएका छन्। घाइते हुनेहरूमा ताप्लेजुङ फुङ्लिङ –१० बस्ने ३९ वर्षीय मंगलबिर लिम्बू (दाहिने हातमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ), ताप्लेजुङ मिक्वा खोला –१ बस्ने अन्दाजी ४१ वर्षीया कमला लिम्बू ( कम्मरमा चोट, अवस्था बोल्न सक्ने सामान्य रहेको ) त्यसैगरी फुङ्लिङ– १० बस्ने अन्दाजी ६२ वर्षीया दुर्गामाया…
Read More
झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा सहित तराईका जिल्लाहरूमा आज होली मनाईदै

झापा। । झापा, मोरङ लगायत तराईका जिल्लाहरूमा आज होली पर्व धुमधामका साथ मनाईदै छ। रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा लिने गरिएकाले साथीसङ्गी, आफन्त जम्मा भएर आज होली मनाउने गरिएको हो। सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफैँ जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा होली पर्व मनाउने गरिएको मान्यता रहेको छ।  यो पर्व वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने पर्व एकआपसमा खुसियाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा…
Read More
विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति, दोस्रो चरणको आन्दोलन घोषणा

विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति, दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं।। नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । महासङ्घ द्वारा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मण किशोर सुवेदीले पहिलो चरणको आन्दोलनका माग सुनुवाइ नभएकाले दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताएका छन् । महासङ्घले गत फागुन २४ गते पहिलो चरणको आन्दोलन गरेको थियो । विद्यालय शिक्षा विधेयक छिटो अगाडि नबढेकामा महासङ्घको आपत्ति छ । महासङ्घका अध्यक्ष सुवेदीले स्थायी, राहत, साविक उच्च मावि, अस्थायी, करार, बालविकास, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार, निजी तथा संस्थागत विद्यालयका शिक्षकलगायत सबै खाले शिक्षक र विद्यालय कर्मचारीको मुख्य मुद्दा शिक्षा ऐनबाट सम्बोधन हुनुपर्ने र विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारीमैत्री ऐन ल्याउने विषयमा आफूहरूको गम्भीर…
Read More
आजको युग प्रविधिमा अगाडी लम्कदै, चिनले समेत सामाजिक सहायतामा एआई प्रयोग गर्ने.

आजको युग प्रविधिमा अगाडी लम्कदै, चिनले समेत सामाजिक सहायतामा एआई प्रयोग गर्ने.

कम्प्युटर विज्ञान अन्तर्गत पर्ने एक क्षेत्र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भनेको मानिसको दिमागले जस्तै सोच्न सक्ने गरी तिब्र गतिमा बिकास हुदै गएको छ।अझ सजिलो संग बुझ्न यसको काम गर्ने तरिका बुझ्न जरूरी हुन्छ । यो सिस्टम आफैं चल्दैन, यसमा डेटा अर्थात् सूचना तथा तथ्याङ्क हाल्नुपर्छ, जसको एक खालको तथ्याङ्कको स्रोत हुन्छ । अनि एआई सिस्टमले त्यसलाई प्रशोधन गर्छ । सुरुमा तालिम दिएको तरिकाबाट मोडेल बनाउँछ र डेटाको हिसाबले परिणाम दिन्छ, अन्तरक्रिया गर्छ वा मानव दिमागको नक्कल गर्छ । यसमा काम गर्नको लागि मुख्य चार प्रक्रियाको आवश्यकता पर्छ, मसिन लर्निङ, न्युरल नेटवर्क, डेटा तथा डेटा प्रोसेसिङ र एल्गोरिदम । यसको प्रयोग मानिसले…
Read More
टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

टिपर अनियन्त्रित भएर टहरामा पस्दा तीन जनाको मृत्यु

काठमाडौं ।। आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंको एक सामाजिक संस्थाले बनाएको टहरामा १० जना सुतिरहेका समय टिपर अनियन्त्रित भएर पस्दा तीन जनाको मृत्यु भएको छ। बा २ क ६५८० नम्बरको  टिपर शंखरापुर ६ मा युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्गता समाज संस्थाले बनाएको जस्ताको टहरामा ठोक्किन पुग्दा तीन जनाको मृत्यु भएको हो । सबै विवरण खुल्न नसकेका २१ र २१ वर्षीय आकाश र सुमनसँगै ४५ वर्षीय हरिजनले सुतेकै ठाउँमा ज्यान गुमाएका हुन् । उनिहरुकोे तत्काल नेपाल मेडिकल कलेज अत्तरखेल पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो । मृतक तीनै जनालाई संस्थाले पालनपोषण गर्दै आएको थियो ।…
Read More