इपुर्वी खबर

Day: २०८१ असार २६, मंगलवार

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई

कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापालाई

  बिर्तामोड असार २५॥ कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जीतेको छ । आज भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा  १–० गोलअन्तरले भोजपुरलाई  हराउदै झापाले  उपाधिमाथि कब्जा जमाएको हो । झापाको जितमा जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् । फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् । बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् । झापाकी…
Read More
बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

  झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
Read More
धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

  विराटनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्। कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन्। उनीहरु तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ। घाइतेहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हिजो दिउँसो अर्को समूहसँग बाटो हिंड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड…
Read More
नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।
Read More