इपुर्वी खबर

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

भूकम्पमा परी चीनमा हालसम्म ३६ जनाको मृत्यु

  एजेन्सी ।।  चीनको तिब्बतमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३६ जनाको मृत्यु भएको छ। तिब्बतको द्रिगी आसपास केन्द्रबिन्दू भएर गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको र हालसम्म ३६ जनाले ज्यान गुमाएको चिनियाँ सञ्चारमाध्यम सिजीटीएनले जनाएको छ। नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ। भूकम्पको धक्का नेपाल भारत भुटान  लगायतका  देशहरुमा  समेत महसुस गरिएको थियो। नेपालमा हालसम्म क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।
Read More
चीनलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

चीनलाई केन्द्रविन्दु बनाएर सात म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

  झापा पौष २३ चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको छ  आज मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा  भूकम्पको धक्का महसुस भएको हो । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्काले  नागरिकहरु सडकमा निस्किएका थिए । भूकम्पको धक्का पूर्वी नेपालका अधिका ंश जिल्लाहरूमा महसुस गरिएको छ। तराइका जिल्ला र काठमाडौँमा समेत भूकम्पको धक्का महसुस गरिएको छ । बिहान भूकम्प आउँदा अधिकांश मानिसहरु सुतिरहेका थिए । भूकम्पले हल्लाएपछि मानिसहरु दौडेर सडकमा जम्मा भएका थिए । भूकम्पको धक्का क्रोक्रो हल्लाएजसरी विस्तारै तर केही लामो समय महसुस भएको थियो । भूकम्पको…
Read More
भारतीय गाडीको ठक्करबाट घाइते थापाको उपचारको क्रममा मृत्यु

भारतीय गाडीको ठक्करबाट घाइते थापाको उपचारको क्रममा मृत्यु

  झापा पुस २१ ।। झापाको काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ । हिजो साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मेचीनगर-६ साठ्ठीबिघा बस्ने ६५ वर्षीया माला थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।   भारतको पानिट्याङ्कीतर्फ जाँदै गरेको डब्ल्युबी ७४ बिएन ६८८५ नम्बरको गाडीले थापालाई सडक काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।     थापाको उपचारको क्रममा राति साढे १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको टाउको र बायाँ हातको औँलामा चोट लागेको थियो । थापाका पति तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष लक्ष्मण…
Read More
छ दिनदेखि बेपत्ता इटा व्यवसायी प्रसाईको हत्या गरेर गाडेको अवस्थामा शव फेला

छ दिनदेखि बेपत्ता इटा व्यवसायी प्रसाईको हत्या गरेर गाडेको अवस्थामा शव फेला

  सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय…
Read More
चीनमा  एचएमपीभी भाइरसको सङक्रमण फैलियो, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका नागरिक बढी प्रभावित

चीनमा एचएमपीभी भाइरसको सङक्रमण फैलियो, बालबालिका र कमजोर स्वास्थ्य अवस्था भएका नागरिक बढी प्रभावित

  एजेन्सी ।।  चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न

लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न

  बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।
Read More
राष्ट्रिय भक्का दिवस पौष २९ गते झापामा भव्य रुपमा मनाइने

राष्ट्रिय भक्का दिवस पौष २९ गते झापामा भव्य रुपमा मनाइने

  झापा पौष २० ।। विगतका बर्सहरू झैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय भाक्का दिवस २०८१ु मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले  भव्य रुपमा भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी…
Read More
वडा नम्बर ३  फाइनल प्रवेश , उपाधिका लागि वडा नं १ संग भिड्ने ।

वडा नम्बर ३ फाइनल प्रवेश , उपाधिका लागि वडा नं १ संग भिड्ने ।

भोटेटार पुस १८ ।। बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो। फाइनल प्रबेश गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ । फाइनल प्रबेश का लागि बुद्धशान्ति ३ सिदार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । लिम्बू म्यान अफ थ म्याच हुँदै पुरष्कृत भएको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।…
Read More
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव  आयोजना हुने

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना हुने

  बिर्तामोड पुस १८ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ आयोजना हुने भएको छ । आज सङ्घको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुरा बताएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक विशाल थापाले जानकारी दिए ।   व्यवसाय क्षेत्रलाई उठाउदै अर्थतन्त्र चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको न्यौपानेले बताए । महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक,…
Read More