इपुर्वी खबर

वडा नम्बर ३ फाइनल प्रवेश , उपाधिका लागि वडा नं १ संग भिड्ने ।

भोटेटार पुस १८ ।। बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् ।

आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो। फाइनल प्रबेश गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ । फाइनल प्रबेश का लागि बुद्धशान्ति ३ सिदार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । लिम्बू म्यान अफ थ म्याच हुँदै पुरष्कृत भएको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी भिडन्त पौष २० गते हुने छ । बिजेताले नगद ३० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने र उपबिजेताले २० हजार रुपैयाँ पाउने आयोजक समितिका सचिव गजुहाङ योङ्हाङ्ले जानकारी दिनुभयो ।

खेलकुद समिती बुद्धशान्ति १ को आयोजना , बुद्धशान्ति खेलकुद समितीको संयोजनमा भैरहेको खेलको बुद्धशान्ति गाउँपालिकाको मुख्य प्रायोजकको भुमिकामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...