इपुर्वी खबर

भारतीय गाडीको ठक्करबाट घाइते थापाको उपचारको क्रममा मृत्यु

 

झापा पुस २१ ।। झापाको काँकरभिट्टामा भारतीय गाडीले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

हिजो साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मेचीनगर-६ साठ्ठीबिघा बस्ने ६५ वर्षीया माला थापालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्।

 

भारतको पानिट्याङ्कीतर्फ जाँदै गरेको डब्ल्युबी ७४ बिएन ६८८५ नम्बरको गाडीले थापालाई सडक काट्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

 

 

थापाको उपचारको क्रममा राति साढे १० बजे बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइतेको टाउको र बायाँ हातको औँलामा चोट लागेको थियो ।

थापाका पति तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष लक्ष्मण थापाको यसअघि नै निधन भइसकेको छ । लक्ष्मणका दुईजना पत्नी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...