इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ। हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ। प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ।अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि…

पाँचथर असोज ५ ।। फाल्गुनन्द गाउँपालिका–३, पौवा सारतापस्थित फाल्गुनन्द ग्रीन पिस क्लबको १७औँ साधारण सभा तथा ७औँ अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले धन नेम्वाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवगठित समितिको उपाध्यक्षमा श्रीहाङ नेम्बाङ ,सचिव गोपाल घिमिरे, सहसचिव दिलकुमार नेम्बाङ र कोषाध्यक्षमा प्रेमराज नेम्बाङ सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा प्रेमराज नेम्बाङ, पदमराज नेम्बाङ, टेकनाथ चम्लागाईं ,रोजनी नेम्बाङ, मावा तामाङ सनप्रसाद परियार र सूर्य खतिवडा चयन भएका छन् २०५७ सालमा स्थापना भएको क्लबले स्थापनाकालदेखि नै विविध कार्यक्रम गर्दै आएको छ। केही समय पदाधिकारीविहीन अवस्थामा रहेको क्लबले नयाँ कार्यसमिति पाएसँगै अब विविध कार्यक्रम गर्दै क्लबको छविलाई माथि पुर्याउने नवनिर्वाचित…

आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्धसमेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु…