एकतप्पा चैत्र २५ ।। 'खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि' भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिन भएको खेलमा विजय हुँदै दानाबारी एफसी र चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो खेलमा चौबन्दी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिका १को टोली दानाबारी एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ। उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको चौबन्दी एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किनु परेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा द…

कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ । तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको जनाइएको छ । पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।

बिर्तामोड चैत्र २६ झापाको अर्जुनधारा नगरपालिका वडा न.१ स्थित हलुवागढ सामुदायिक वनभित्र महिलाको सडेको शव फेला परेको छ । सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीयले हलुवागढ सामुदायिक वनभित्र आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र भएको महिलाको सडिसकेको शव फेला पारेका थिए उनीहरूले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो । मृतक इलाम रोङ गाउँपालिका २ बर्फल्याङ बस्ने ६२ वर्षीया सीतादेवी खड्का भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मानसिक अवस्था ठीक नभएकी ती वृद्धा गत माघ २८ गतेदेखि घरबाट हराएकी थिइन् । यसअघि पनि उनी तीन–चारपटक हराएकी थिइन् । ती वृद्धा हराएको…