इपुर्वी खबर

सुदुरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

सुदुरपश्चिमलाई हराउँदै  एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

सुदुरपश्चिमलाई हराउँदै एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जित्यो

  बिर्तामोड पुस ६ ।। नेपाल प्रिमियर लिगको उपाधी जनकपुर बोल्ट्सले जितको छ। जनकपुरले सुदूरलाई ५ विकेटले हराउँदै जित हात पारेको हो। १८५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको  जनकपुरका लागि लाहिरू मिलान्थाले सर्वाधिक ८७ रन बनाए।   कप्तान आशिफ शेख ३३,मोहम्मद मोहसिन ९, जेम्स निसम ४ रन र आकाश त्रिपाठी २ रनमा आउट भए।  हर्ष थाकर ३० र मयन यादव २ रनमा  अविजित रहे।   जनकपुरले पावरप्लेमा जनकपुरले विना विकेट ७१ रन बनाएको थियो। सुदूरका लागि  कप्तान दिपेन्द्रसिंह ऐरी, इशान पाण्डे, सैफ जेव, स्कट कुग्गेलेइनले समान एक एक विकेट लिए। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ…
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु

  बिर्तामोड, ०५ पुस : बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि स्वास्थ्य शिविर सुरु भएको छ । वडा नम्बर ६ को कार्यालयमा आज स्थानीय अपाङ्ग‌ता समन्वय समितिका संयोजकसमेत रहनु भएका नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले शिविर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप प्रमुख संग्रौलाले प्रदेश सरकार र करुणा फाउण्डेसनको सहयोगमा नगरपालिकाले आयोजना गरेको यस शिविरबाट भरपुर लाभलिन सबैलाई आग्रह गर्नु भयो । कम्तिमा ६ देखि ९ महिनासम्ममा अनिबार्य स्वास्थ्य जाँच गर्नु पर्नेमा जोड दिँदै उहाँले ललितपुर रोटरी क्लबको सहयोगमा बिर्तामोडमा ७६ वटा व्हिलचियर वितरण गर्ने जानकारी समेत दिनु भयो । उपप्रमुख संग्रौलाले शिविरमा आउन नसक्नेहरुको लागि घरैमा पुगेर…
Read More
सलहेश युवा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाकपको फाइनलमा प्रवेश

सलहेश युवा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाकपको फाइनलमा प्रवेश

बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो । खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो । टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो ।…
Read More
अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

अञ्जन बिष्टको ह्याट्रिकमा फराकिलो जितसहित एआरटी सेमिफाइनलमा

  बिर्तामोड, पुस ४ । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५–१ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । बिहीबारको खेलसँगै जारी प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औँ मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान अञ्जन विष्टले विदेशी खेलाडी नेमारको क्रस पासमा सुरुवाती अग्रता दिलाए । ३६ औँ मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्याए । चित्लाङका डिफेन्डर गौरव श्रेष्ठले अञ्जनलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई उनैले गोलमा परिणत गरे ।…
Read More
दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

दुई युवतीसँगै होटलमा बास बसेका पुरुष मृत फेला

  झापा ।।  झापाको दमक बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा दुईजना युवतीसँग राति बसेका एक व्यक्ति आज बिहान मृत भेटिएका छन् । प्रहरीका अनुसार सिन्धुलीका सुनुवार थर भएका अन्दाजी ४५ वर्षका व्यक्ति मृत भेटिएका हुन् । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ ।   घटनाबारे अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए ।   बसपार्कमा रहेको मिलन होटेल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । होटलको सञ्चालक निर्मला केसी हुन् ।
Read More
चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको…
Read More
राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस २ । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो । जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे । यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता…
Read More
इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

  इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

  बिर्तामोड, २ पुस : बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । सामाजिक कार्यमा जोड दिँदै उहाँले जनप्रतिनिधि, कर्मचारी, टोलविकास संस्था लगायत सामाजिक संघ संस्थाले शिविरमा सहयोग पुर्याउन आग्रह गर्नु भयो । नगर उपप्र‌मुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाढि बढाउनु पर्ने बताउनु भयो…
Read More
आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो…
Read More