इपुर्वी खबर

सलहेश युवा क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापाकपको फाइनलमा प्रवेश

बिर्तामोड, पुस ५ । सिरहाको सलहेश युवा क्लबमाथि १–० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्चको जितका लागि एक मात्र गोल विदेशी खेलाडीको नाममा रह्यो ।
खेलको ८१ औँ मिनेटमा विदेशी खेलाडी अर्मन्डको एक मात्र गोलले चर्चले फाइनल प्रवेशको ढोका खोलेको थियो । सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै अर्मन्डले दायाँ बार च्यापेर गरेको प्रहारले जाली चुमेको थियो ।
टिमका केही पहिलो रोजाइका खेलाडीबिनै मैदानमा उत्रिएको चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलेको थियो । विपक्षी पोस्टमा आक्रमण गर्न नसके पनि खेलको अन्तिमतिर चर्च लयमा फर्किएको थियो ।
चर्चका पहिलो रोजाइका खेलाडी अनन्त तामाङ, मनिष जर्घा मगर र एरिक विष्टबिनै मैदानमा उत्रिएको चर्च सलहेशको चर्काे दबाबमा परेको थियो ।
सलहेशले खेल अवधिभर चर्चलाई दबाबमा राखे पनि स्कोर भने निकाल्न सकेन । खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन सकेन ।
खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६९ औँ मिनेटमा अभि लामाको दोस्रो प्रहार विफल हुँदा सलहेश सेमिफाइनलबाटै घर फर्किएको छ ।
खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए।
शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौँबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...