नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा कार्यरत नेपाली सेनाका एक जवानको आफैँले चलाएको गोली लागेर मृत्यु भएको छ । कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए । धादिङ गल्छी गाउँपालिका–४ घर भई श्री गोरखगण कसरा चितवन दरबन्दी भई हाल नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी बाँदर झुला पोस्टमा कार्यरत रहेका मिजारले आज दिउँसो कोत घरमा रहेको ५ दशमलव ५६ एमएमको मिनी गनले आफैँले आफ्नो घाँटीमा गोली प्रहार गरेको पाइएको छ’, उनले…
झापा साउन १९।। जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछी बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताए। ‘अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्’, उनले भने, ‘अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।’ मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आएका नारायण रिजालले यसपालि सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताए । जिल्लामा सुपारीखेतीका विस्तारसँगै बिरुवाको माग बढेको उनको ठम्याइ छ । उनले यसपालीको बर्खे अवधिका लागि भनेर १५ हजार बिरुवा हुर्काएका थिए…
बिर्तामोड साउन १९।। झापाली लेखक मिलन सङ्ग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरिएको थियो । बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन् सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले उपन्यासको प्रशंसासमेत गरिन् । उनले भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ ।’ उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले…
शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरिएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्। विश्व स्तनपान सप्ताहका अवसरमा आयोजित ‘स्तनपानको महत्त्व: चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन। उनले भनिन, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन।’उनले बच्चाको माया ममता पनि कम हुदै जाने बताइन। उनले भनिन, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन।’ स्तनपान गराउँदा आमा र शिशु…
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुरक परीक्षा भदौ २५ गते मंगलबार र २६ गते बुधबार सञ्चालन हुने जनाएको छ । शनिबार प्रकाशित नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका थिए । एनजी नतिजा आएकामध्ये दुई बिषयसम्म नन्ग्रेडिङ विद्यार्थीले पुरक परीक्षा दिन पाउने व्यवस्था छ । दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । परीक्षा तालिका प्रकाशन गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ । दुई भन्दा बढी बिषयमा नन्ग्रेडिङमा पर्ने विद्यार्थीले भने अर्को वर्ष मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । दुई बिषय…
काठमाडौं। साउन १८।।कक्षा १२मा यस पटक नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। आज सार्वजनिक भएको कक्षा १२ को नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन्। देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी थिए।राष्ट्रिय परीक्षा बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको छ । नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन चाहीँ केही समय लाग्ने बोर्डले जनाएको छ । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए ।…
बिर्तामोड, १७ साउन : बिर्तामोड नगरपालिकाले सुरु गरेको 'पारिको होइन बारीको खाउँ' कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका छन् । आज (बिहिबार ) वडा नम्बर ३ स्थित बिर्ताबजार सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरेसंगै ६ वटा तरकारी बिक्री केन्द्र सञ्चालनमा आएका हुन् । कार्यक्रम अन्तर्गत अब ४ वटा संकलन तथा बिक्री केन्द्र औपचारिकरुपमा सञ्चालनमा आउन बाँकी छ । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडलाई विषादीमुक्त नगरकोरुपमा अघि बढाउन सबैलाई आग्रह गर्नु भयो । उहाँले राम्रो र अर्गानिक तरकारी उत्पादन गर्ने कृषकलाई नगरबाट पुरस्कृत गर्ने गरि कार्य अघि बढाईने बताउनु भयो । यस्तै…
सिराहा साउन१७ ।। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो । ६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए । शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए । कामतको २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्म भएको थियो ।
बिर्तामोड, १६ साउन : झापाको बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाउ भन्ने उद्देश्यका साथ सुरु गरेको सामुदायिक तरकारी बिक्री केन्द्र प्रभावकारी बन्दै गएको छ। नगरका विभिन्न स्थानमा सामुदायीक तरकारी पसल खुले सँगै यसको प्रभावकारिता बढेको हो ।सोही क्रममा आज बिर्तामोड १ स्थित अतिथि सदन रोडमा पनि बिक्री केन्द्रको उद्घाटन गरिएको छ। अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि 'पारिको होइन बारीको खाऊँ' कार्यक्रम सुरु गरिएको बताउनु भयो ।भारतबाट विषादी अत्याधिक भएका तरकारी आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा…
बिर्तामोड ।झापामा एक बैंकका कर्मचारीका कारण बचतकर्ताले बचत गरेको लाखौं रूपया जोखिममा परेको छ। कुरा हो बिर्तामोड नगरपालिका –७ स्थित नेपाल चोककी मञ्जुकुमारी नेपालले बैंकमा बचत गरेको रकम को। उनले बिर्तामोडस्थित प्रभु बैंकमा जम्मा गरेको रकम बराबरको पैसा निकाल्न जाँदा बैंकको खातामा नरहेको खुलेसँगै उनको पैसा जोखिममा परेको हो । प्रभु बैंकका मार्केटिङ अफिसर प्रमोद सिटौलाले बैंकमा रकम जम्मा गर्ने भन्दै नेपालबाट रकम लगेको खुलेको छ । सिटौलाले पटकपटक रकम जम्मा भएको भौचरहरु दिए पनि सिष्टम बिग्रिएको भन्दै मोबाइलमा म्यासेज नआउन गरेको बताउने गरेका थिए । मार्केटिङ अफिसर सिटौलाले बैंकमा जम्मा भएका स्टेटमेन्टहरु दिए पनि बैंकमा बुझ्न जाँदा जम्मा दुई…