इपुर्वी खबर

अर्थ

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

नेपाल आयल निगमले इन्धनको मूल्य घटायो

  काठमाडौँ ।। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
Read More
एप्पलको आइफोन १६ सार्वजनिक के के छन विशेषता

एप्पलको आइफोन १६ सार्वजनिक के के छन विशेषता

  एजेन्सी ।।आफ्नो वार्षिक कार्यक्रममा एप्पलले आइफोन १६ का विभिन्न मोडल, एप्पल वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडलसहित आफ्ना पछिल्ला उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आईफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो । क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा सोमबार साँझ आयोजित ‘इट्स ग्लोटाइम’ नाम दिइएको कार्यक्रममा कम्पनीले आफ्ना एप्पल वाच र एयरपड्समा गरिएको सुधार र अपडेटबारे जानकारी गराएको थियो । विशेषत: श्रवणशक्ती कमजोर भएकाहरूलाई सहज हुने गरी र पहुँचयोग्य बनाउन एप्पलले सफ्टवेयर अपडेट गरेको घोषणा गरेको छ । एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा…
Read More
बिर्तामोडमा टाटाको पन्च इभी गाडी सार्वजनिक

बिर्तामोडमा टाटाको पन्च इभी गाडी सार्वजनिक

  बिर्तामोड भाद्र २४ ।। इन्डियन कम्पनी टाटा मोटर्सको आधिकरीक  विक्रेता  अलस्का अटोमोवाइल्स प्रा.लि.ले झापाको बिर्तामोडबाट टाटाको पन्च इभी गाडी सार्वजनिक गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् । लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च…
Read More
यातायात व्यवस्था कार्यालय झापामा आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड बढी राजस्व संकलन

यातायात व्यवस्था कार्यालय झापामा आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड बढी राजस्व संकलन

  बिर्तामोड । भाद्र २१ ।।  यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा  ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व संकलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा  पाँच करोड १४ लाख ७९ हजार पाँच सय ६६ बढी राजस्व संकलन गरेको हो । यातायात व्यवस्था कार्यालय झापाका निमित्त प्रमुख गोपीचन्द्र बोहराका अनुसार आव २०७९/८० मा  ८८ करोड ६ लाख ८७ हजार दुई सय ४७ राजस्व संकलन भएको थियो । गत आव २०८०/८१ मा २० हजार ६३ कूल सवारी दर्ता हुँदा १९ हजार ९ सय २० सवारी चालक अनुमतिपत्र वितरण भएको उनले बताए । यसैगरी…
Read More
विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट  नक्कली

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

  बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…
Read More
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

  काठमाडौं साउन २॥ बुधबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम हुँदै हालसम्मकै उच्च रेकर्ड कायम भएको हो । मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Read More
बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ

  चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६…
Read More
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

झापा असार १६॥ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको निगमले सूचना जारी गरेर जानकारी दिएको छ । हवाइ इन्धन र एलपी ग्यासको भाउ भने घटबढ भएको छैन । बढेको मूल्य आज राति १२ बजेपछि लागु हुनेछ ।
Read More
अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

अर्जुन रसाइली नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित

    काठमाडौं ,  असार१६ ॥   नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौंमा  सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्। महाधिवेशनमा चार सय ४६ प्रतिनिधि रहेका थिए    
Read More