इपुर्वी खबर

समाज

झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आयोजना हुँदै

झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला गोल्डकप आयोजना हुँदै

  बिर्तामोड ।।  झापाको दुधेमा नेपालकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगिता आगामी कात्तिक १५ देखि २२ गतेसम्म शिवशताक्षी नगरपालिका ११ मा अवस्थित प्रस्तावित दुधे रंगशालामा सञ्चालन गर्ने तयारी गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी दिएको छ। झापामा पुरुष फुटबलका गतिविधिहरू धेरै हुने गरेपनि महिला फुटबल प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा झापा जिल्लालाई महिला फुटबलको पनि हबको रुपमा विकसित गराउन झापा महिला गोल्डकप आयोजना गर्न आयोजक टिम लागिपरेको आयोजक समितिका संयोजक सन्तोष थोप्रा लिम्बुले जानकारी दिए। प्रतियोगितामा आयोजक टीम सहित त्रिभुवन आर्मी, नेपाल एपिएफ र नेपाल पुलिस क्लबका महिला टिम यस्तै भारत, भुटान बाट एकएकवटा…
Read More
डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कारबाट उद्धव पुरी सम्मानित

  बिर्तामोड साउन ७ ।। स्वर्गीय देवकुमार आचार्य ‘डी कौडिण्य’को स्मृति दिवसको अवसरमा पत्रकार उद्धव पुरी सम्मानित भएका छन् । बुधबार स्वर्गीय आचार्यको २३औँ स्मृति दिवसको अवसरमा उनलाई सम्मान गरिएको हो । प्रेस सेन्टर नेपाल झापा शाखाले स्वर्गीय आचार्यको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार आज विर्तामोडमा एक कार्यक्रम आयोजना गरी पत्रकार पुरीलाई प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र र नगद ४२ हजारसहित पत्रकार पुरीलाई सम्मान गरेका हुन् । प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी. कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा २०५९ साउन ७ गते शाही सत्ताले गिरफ्तार गरी…
Read More
प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

प्रेस चौतारी झापाको उपचार कोषलाई २७ हजार १ सय रुपैयाँ सहयोग

बिर्तामोड असार ३१। प्रेस चौतारी नेपाल झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषलाई सहयोग रकम प्राप्त भएको छ । बिर्तामोडस्थित नेकपा एमालेका नेताहरुले एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले बिर्तामोड नगर कमिटीको कार्यालयमा नेताहरुले चौतारीको उपचार कोषलाई नगद २७ हजार १ सय रुपैयाँ सहयोग गर्नु भएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो । नेकपा एमाले बिर्तामोड इञ्चार्ज अम्बिर कुमार लिङदेन ११ हजार, बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई ११ हजार र पार्टीका बिर्तामोड ५ का उपसचिव एवम् नेपाल राष्ट्रिय वाणिज्य संघ बिर्तामोडको उपाध्यक्ष उपेन्द्र बानियाँले ५ हजार १ सय रुपैयाँ रकम कोषलाई सहयोग…
Read More
बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

बिर्तामोडको बजेट १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ

  बिर्तामोड, असार ९ : बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर सभाको सोमबार सुरु भएको बैठकमा नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगर विकासका विभिन्न महत्त्वकांक्षी योजनासहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । नगरपालिकाले शिक्षा विकास कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र गुणस्तर सुधार गर्दै प्राविधिक तथा व्यवसायिक शिक्षा र जीवनोपयोगी सीप सिकाइमा विशेष जोड दिएको छ । विद्यालयहरूलाई प्रविधिमैत्री कक्षाकोठा निर्माण र प्रविधिमा आधारित सिकाई व्यवस्थापनका लागि प्रोत्साहन गर्दै नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार…
Read More
मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण

मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण

  बिर्तामोड, ८ असार : बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित मदरसा तालिमुल कुरान आधारभूत विद्यालयका विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको छ। आज एक संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफरोज खान र प्रधानाध्यापक रेनुका थापा खातुनलाई १ सय ६३ जना विद्यार्थीका लागि तयारी गरिएको पोशाक हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगरपालिकाले प्रत्येक वर्ष ४० लाख रुपैयाँ बराबरको पोशाक वितरण गर्दै आएको जानकारी दिनुभयो। पोशाक वितरणले अभिभावकलाई राहत मिलेको उल्लेख गर्दै उहाँले बालबालिकाको सरसफाइमा विशेष ध्यान दिन अभिभावक र विद्यालयलाई आग्रह गर्नुभयो। त्यसैगरी, शिक्षा शाखाका प्रमुख उपसचिव तिलचन भण्डारीले सबै विद्यार्थी एउटै प्रकृतिको…
Read More
काँकडभिट्टा–इटहरी-लौकही एसियन हाइवे कालोपत्रे सुरु

काँकडभिट्टा–इटहरी-लौकही एसियन हाइवे कालोपत्रे सुरु

झापा असार ३ ।। एसियन हाइवे अन्तर्गत पर्ने काँकडभिट्टा–लौकही सडक खण्डको पश्चिमी हिस्सामा मंगलबार देखि कालोपत्रे कार्य औपचारिक रूपमा सुरु गरिएको छ। मोरङ जिल्लाको लक्ष्मीमार्गदेखि चिसाङ खोलासम्मको सडकमा पहिलो चरणमा एकतर्फी कालोपत्रे सुरु भएको हो । सडक निर्माणको जिम्मा लिएको सिआरएफजि–टुण्डि जेभी निर्माण कम्पनीले असार महिनाभित्रै पहिलो चरणको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ। कम्पनीका कन्ट्रयाक इन्जिनियर डोरमणि पौडेलका अनुसार अहिले मौसम अनुकूल भएकाले दैनिक झन्डै आधा किलोमिटरभन्दा बढी कालोपत्रे गर्न सकिने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय रणनीतिक महत्त्व बोकेको सडक खण्ड एसियन हाइवे सञ्जालमा पर्छ, जसले नेपालको पूर्वी नाका काँकडभिट्टाबाट पश्चिमी सीमा गौरा फन्टा (कैलाली) सम्मको महत्त्वपूर्ण यातायात र…
Read More
सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र यातायात व्यवसायीबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

  झापा  ।। सरकार र सार्वजनिक यातायात व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सम्पन्न तेस्रो चरणको वार्तापछि सहमति पत्रमा हस्ताक्षर भएको हो । यही सहमतिपछि आन्दोलनरत व्यवसायीले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने निर्णय गरेका हुन्। गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेट भएका निजी सवारीसाधनलाई पनि यात्रु बोक्न दिने गरी राइड सेयरिङ सञ्चालन गर्न मिल्ने नियमावली सार्वजनिक गरेपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित भएका थिए । हस्ताक्षरित ६  बुँदाहरू  १. राइड सेयरिङ नियमावली स्थगन गण्डकीसहित प्रदेश सरकारहरूले ल्याएका निजी सवारीलाई यात्रु बोक्न दिने नियमावली कार्यान्वयनमा संघीय कानुन नबनेसम्म स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत सिफारिस गर्ने…
Read More
तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

तराईमा गर्मी बढेसँगै सर्पको बिगबिगी ! विराटनगरमा भेटियो। दुर्लभ प्रजातिको कोब्रा

  झापा जेठ १४ ।। तराईमा गर्मी बढेसँगै विषालु सर्पको बिगबिगी पनि बढ्दो छ। यसै क्रममा विराटनगरमा  परैबाट विष फाल्ने दुर्लभ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ४ मा अवस्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो । यसलाई नियन्त्रणमा लिई उद्धार गरेर मंगलबार अपराह्न जिल्ला वन कार्यालय मोरङ कार्यालय पठाइएको छ । वन कार्यालय ल्याएर सुरक्षित राख्ने क्रममा सर्पले परैबाट विष फाल्दा उद्धारकर्ता शम्भु घिमिरेको शरीरमा परेको बताइएको छ । विराटनगर महानगरपालिकाका उद्धारकर्ता घिमिरे हाल कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षको स्वास्थ्य निगरानीमा रहेका छन् । चिकित्सकका अनुसार यो सर्पको विष…
Read More
मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

मङ्गल एकता टोलको सरसफाई कार्यक्रम सम्पन्न

  बिर्तामोड जेठ १० ।। मङ्गल एकता टोल विकास संस्थाले एक दिने टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। बिर्तामोड नगरपालिका वडा नम्बर ५ मा रहेको मङ्गल एकता टोल विकास संस्थाले ''आफ्नो गाउँ आफैं बनाउँ सुरुवात आफैँबाट गरौँ '' भन्ने मुख्य नाराका साथ टोल सरसफाई कार्यक्रम सम्पन्न गरेको हो। सरसफाई अन्तर्गत मङ्गल एकता टोलमा पर्ने बाटोको दायाँबायाँको झाडी सरसफाई गर्नुको साथै बर्खा यामलाई मध्यनजर गर्दै उक्त बाटोमा पर्ने नाली समेत सरसफाई गरिएको छ। सरसफाईका लागि टोलबासीहरू स्वतफुर्त रुपमा सरसफाईका लागि आवश्यक पर्ने औजारहरू सहित उपस्थित भएका थिए। सानोसानो कामको लागि पनि स्थानीय तहको आस गर्ने बानीको अन्त्य गर्न समेत यो सरसफाई…
Read More
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको नगरपालिकाद्वारा अनुगमन

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको नगरपालिकाद्वारा अनुगमन

  बिर्तामोड, १ जेठ ।। बिर्तामोडमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गतका तालिमको आज अनुगमन गरिएको छ । वडा नम्बर १ र २ मा सञ्चालनमा रहेको 'ब्याग बनाउने तथा सिलाई कटाई' तालिमको अनुगमन गरिएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, कार्यपालिका सदस्य संगिता सिवा, तिला गौतम, निर्मला ल्वागुन गजमेर, वरिष्ठ योजना अधिकृत जय तिम्सिना लगायतको टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । बिर्तामोड नगरपालिकाले विभिन्न शाखा मार्फत सिलाई कटाई व्युटीपार्लर, दालमोठ भुजिया बनाउने, वारिष्ठा लगायत विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएको छ ।
Read More