इपुर्वी खबर

मनोरञ्जन

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

१७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह

  धनुषाधाम : धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रमममा दश जोडीले सामूहिक विवाह गरेका छन्। आज आयोजित समारोहमा दाइजोमुक्त अन्तरजातीय विवाह गरिएको रोशन दासले जानकारी दिए। सन्त गरिबदासद्वारा रचित अमरग्रन्थ पाठ तथा गुरुवाणीसहित १७ मिनेटमा दश नवजोडीको सामूहिक विवाह गरिएको दासले बताए। यहाँ शुक्रवारदेखि तीन दिवसीय महायज्ञ, अखण्ड पाठ तथा भण्डारा भइरहेको छ। तीन दिवसीय कार्यक्रमअन्तर्गत दोस्रो दिन दश जोडीले विवाह र १७० जनाले रक्तदान गरेका हुन्। तेस्रो दिन आइतवार विभिन्न कार्यक्रम गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ।  
Read More
तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

  बिर्तामोड ।।  नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत 'आयो तीज रंगियो गाउँ बेसी' नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक  लिम्बुले नृत्य निर्देशन गरेका छन्…
Read More
चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

  नेपाली कथानाक चलचित्र 'बर एण्ड बधु' यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन् चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन् नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए…
Read More
भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितीन

भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितीन

  काठमाडौं : भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन्। जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए। कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।
Read More
गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज

गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज

  काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द…
Read More
गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करण सुरु, भदौ १ देखि डिजिटल अडिसन हुने

गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करण सुरु, भदौ १ देखि डिजिटल अडिसन हुने

  बिर्तामोड साउन ३२।। पहिलो संस्करणको अपार सफलतापछि गायन रियालीटी सो ‘याक्थुङ स्टार’ को दोस्रो संस्करणको डिजिटल अडिसन भदौ १ गते (भोलि) देखि हुने भएको छ । आज आयोजक अमर कृति म्युजिक प्रालिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। याक्थुङ भाषा याक्थुङ लिपि याक्थुङहरुको सान, अस्तित्व र मौलिकता बचाउने याक्थुङ स्टारको अभियान भन्ने नाराका साथ प्रतियोगिता हुन लागेको  ब्रोसिस माबोहाङ लिम्बूले जानकारी दिए । याक्थुङहरूको हराउँदै गइरहेको भाषा लिपि संस्कार संस्कृति रीतिरिवाजलाई विश्वभर प्रचारप्रसार गर्ने र लोप हुँदै गइरहेको ढेक याक्थुङ  मौलिकताको उजागर गर्ने उद्देश्य सहित याक्थुङ स्टार आयोजना गरिएको आयोजक अमर कृति म्युजिक प्रालीका सञ्चालक  लिम्बुले जानकारी…
Read More
मिस मंगोल नेपालको उपाधि खोटाङकी एञ्जल राईले जितिन्

मिस मंगोल नेपालको उपाधि खोटाङकी एञ्जल राईले जितिन्

  खोटाङ  साउन २८।।खोटाङकी एञ्जल राईले मिस मंगोल नेपाल–२०२४’को उपाधि जितेकी छिन् । ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाकी २३ वर्षीया एञ्जलले १४औँ संस्करणको उपाधिसहित रु एक लाख राशीको नगद पुरस्कार प्राप्त गरेकी छिन्। नेपाल आदिवासी जनजाति महासंघको सहकार्यमा एक्सन इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा एञ्जलले ‘मिस ट्यालेन्ट’को उपाधिसमेत हात पारेको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोक प्यासी राईले जानकारी दिए। स्नातक उत्तिर्ण गरेकी एञ्जलले प्रभु बैङ्क, नेपाल आदिवासी जनजाति महासङ्घ, रिडी ग्रुप लिमिटेड तथा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको सद्भावना दूत भई काम गर्ने अवसरसमेत प्राप्त गरेकी छिन्। ३०औँ विश्व आदिवासी दिवसको अवसर पारेर काठमाडौँको जमलस्थित राष्ट्रिय नाचाघरमा आयोजित प्रतियोगितामा पाँचथरकी बिपिका लिम्बु फस्ट…
Read More
टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन

टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन

  बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ। आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो। प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी,…
Read More
दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गाना, जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेलले जिते

दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गाना, जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेलले जिते

  दमक साउन१९ ।। झापाको दमकमा शुक्रबार आयोजित दि लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२४ को उपाधि सिनियरतर्फ प्रेक्षा रेग्मी र आदित्य ढुङ्गानाले उचालेका छन् । जुनियरतर्फ आराध्या श्रेष्ठ र अनिमेश पोखरेल साथै प्रि-जुनियरतर्फ प्राची सुनुवार र किशोर काफ्ले विजेता बनेका छन् । ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा सिनिरतर्फ फर्स्ट रनरअपमा आरुषी ढुङ्गेल, सेकेन्ड रनरअपको उपाधि दिप्ती अधिकारी र नन्दनी उराव प्राप्त गरेका छन् । जुनियरतर्फ फर्स्ट रनरअपमा प्रिन्सेसतर्फ निसाम चेम्जोङ र प्रिन्सतर्फ सार्थक सुनाम विजयी बनेका छन् । त्यस्तै सेकेन्ड रनरअपमा सितोस्ना कार्की र मियाशा ओझाले प्रिन्सेसतर्फको उपाधि जितेका छन् भने प्रिन्सतर्फ एक्सन भण्डारी विजयी बनेका छन् । प्रि-जुनियरमा…
Read More
मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितीन

मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितीन

  काठमाडौँ , यस वर्षको मिस नेपाल वर्ल्ड – २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन्। शनिबार काठमाडौँमा आयोजित ग्रान्ड फिनालेमा केसी मिस नेपाल वर्ल्ड –२०२४ घोषित भइन्। उनलाई २०२३ की मिस नेपाल श्रीच्छा प्रधानले ताज लगाइदिएकी थिइन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३० औँ संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आस्माले उपाधि जितेकी हुन्।
Read More