इपुर्वी खबर

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

 

नेपाली कथानाक चलचित्र ‘बर एण्ड बधु’ यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ

आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन्

चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन्

नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए पनि वर एण्ड वधु मार्फत दर्शकहरुले आफ्नो अभिनयलाई रुचाइ दिनु हुन्छ भन्नेमा पुर्ण विश्वास्त रहेको बताए । नायीका आचल शर्मा र हास्य कलकार किरण केसिले यो चलचित्रको कथा वस्तुसहित प्राविधिक पक्ष उत्कृष्ट रहेको बताउदै ।  दर्शकहरुलाई एक पटक यो चलचित्र हेर्न अनुरोध पनि गरेका छन ।

निर्देशक मिलन चाम्सले यस अगिका चलचित्रहरु मार्फत नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान र निर्देशन शैली स्थापित गरिसकेको छ । चलचित्रका निर्माता जानुका थापाले चाम्सको निर्देशन भन्ने बितिकै फिल्मप्रति दर्शकहरुको सकरात्मक प्रतिक्षा रहने भएकाले पनि मिलन चाम्ससँग सहकार्य गरेकोे बताइन।

स्लाइस एण्ड स्पाइस क्याफेका सञ्चालक रजत साहेवालाले कलकारहरुलाई खदा लगाइदिएर स्वगत गरेको कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...