इपुर्वी खबर

Day: २०८२ बैशाख १८, बिहीबार

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग

  मेचीनगर । नकलबन्दा स्पोर्टिङ क्लबको अध्यक्षमा भक्त गुरुङ्ग चयन भएका छन् । नकलबन्दा समाज विकास समितिको सभाहलमा बिहीबार सम्पन्न संस्थाको प्रथम साधारणसभाबाट दुई वर्षे कार्यकालका लागि अध्यक्षमा गुरुङ्ग चयन भएका हुन् । त्यसैगरी, संस्थाको उपाध्यक्षमा हिरा सुर्खेती, सचिवमा सुरज तामाङ, कोषाध्यक्षमा निखिल खड्का तथा सदस्यहरुमा सञ्जु कार्की, प्रज्वल बस्नेत, रामबहादुर गुरुङ्ग, किशोर उपरकोटी र विकुल खडिया चयन भए । संस्थाका अध्यक्ष भक्त गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा सदस्यहरु पुष्पकुमार गेलाल, माया प्याकुरेल, निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, नारायण खड्का, नकलबन्दा बचत तथा ऋण सहकारी…
Read More
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर सार्वजनिक विदा

  झापा वैशाख १८ ।। आज १ मे अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस । मजदुर आन्दोलनको सम्झना र मदजुरहरुको पेशागत हक अधिकारको वकालत गर्दै १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको श्रम संगठन एवम् श्रमिक नेताको सम्मेलनले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार…
Read More
यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

  झापा   ।।  मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ । पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा  तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातना सहित जेल चलान गरिएको थियो । उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श…
Read More