इपुर्वी खबर

यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान भण्डारी र भुर्तेललाई

 

झापा   ।।  मेची पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम तत्कालीन राजा महेन्द्रलाई प्रदान गरेको विरोधमा आवज उठाउँदा जेल परेका दुई व्यक्तिलाई यस वर्षको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गरिने भएको छ ।
पुल निर्माणका लागि स्थानीयले संकलन गरेको रकम २०२८ सालमा  तत्कालीन युवराज बीरेन्द्र बीर बिक्रम शाहमार्फत २५ लाख रुपैयाँ महेन्द्रलाई पठाइएको थियो । सो क्रममा याम भण्डारी (मेचीनगर) र दिव्य भुर्तेल (भद्रपुर) ले विरोध जनाउँदा उनीहरुलाई पक्राउ गर्दै चरम यातना सहित जेल चलान गरिएको थियो ।
उनीहरुको सहासिक कदमको उच्च सम्मान गर्दै जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान झापाले एक लाख एक हजार रुपैयाँ पुरस्कार राशिको पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानका सभापति  गोपाल कुमार वस्नेतले जानकारी दिए ।
आगामी वैशाख २० गते आयोजित समारोहकाबीच उनीहरुलाई संयुक्त रुपमा सो सम्मान प्रदान गरिने बुधवार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिष्ठान सभापति बस्नेतले जानकारी गराएका हुन् ।
प्रतिष्ठानका सभापति वस्नेतको अध्यक्षतामा गत बुधवार बसेको बैठकले समाज रुपान्तरणका पक्षमा उल्लेख्य योगदान पु-याएको भन्दै यो वर्षको सम्मान भुर्तेल र भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिष्ठानले बिगत तीन दशकदेखि समाज परिर्वतनमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई विभिन्न विधामा सम्मान गर्दै आएको छ । गतवर्ष आदर्श नागरिक सम्मानद्वारा नेपाली हास्य जगतका उत्कृष्ट साधक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।
आगामी वैशाख २० गते बिर्तामोडस्थित ग्रीन फिल्ड वल्र्ड स्कूलको सभाहलमा आयोजना गरिने सो कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य रहने सभापति बस्नेतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...