काठमाडौं।। नेपाल औषधि व्यवसायी सङ्घले सरकारी नीतिहरूका कारण औषधि व्यवसाय गम्भीर सङ्कटमा परेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले औषधि आपूर्ति तथा वितरण प्रणाली अव्यवस्थित भएको र यसले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चेतावनी दिएको हो। सङ्घका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत अत्यावश्यक औषधिहरूको खरिद र व्यवस्थापनमा देखिएको अव्यवस्था, ढिलासुस्ती र निर्णय प्रक्रियाको अस्पष्टताले औषधि व्यवसायीहरू समस्यामा परेका छन्। औषधि आपूर्ति तथा वितरणको जिम्मेवारी प्रदेश सरकार र स्वास्थ्य बीमा बोर्डमार्फत गरिँदै आएको भए पनि पूर्वतयारी विना सञ्चालन गर्दा औषधिको सहज उपलब्धता रोकिएको सङ्घले जनाएको छ। सङ्घले सरकारको ुरिर्जभ एन्टीयोटिकु का सम्बन्धी नयाँ नियमले समस्या…

काठमाडौं।। सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले महामन्त्री थापासँग लिखित जवाफ पेस गर्न आदेश दिएको हो । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे टिप्पणी गरेपछि अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले आइतबार सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए । लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक संवाद कार्यक्रममा महामन्त्री थापाले संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति र त्यसविरुद्ध परेको रिटमाथि भइरहेको अदालती कारबाहीबारे टिप्पणी गरेका थिए ।