बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले…

अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ । इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको दोस्रो हाफको अतिरित्त समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरकालागि कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेटमा एक गोल र दोस्रो…

बिर्तामोड ।। झापाको बिर्तामोड–१ स्थित बाल्मीकि स्कुलबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलाममा पक्राउ परेका छन् । मंगलवार बिहान अन्दाजी २०:३० बजे बाल्मीकि स्कुल अगाडिबाट मे ६ प २८६७ नं २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । मोटरसाइकल खोजी गर्नेक्रममा हिजो साँझ ५:३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिश गिरीलाई पक्राउ गरेको हो । गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको…