इपुर्वी खबर

माई नगरपालिका इलामलाई फराकिलो गोल अन्तरले हराउँदै मेचीनगर सेमिफाइनलमा

 

अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ ।

इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो ।

अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको दोस्रो हाफको अतिरित्त समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरकालागि कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेटमा एक गोल र दोस्रो आफको अतिरित्त समयमा थप १ गोल गरेर टिमका लागि २ गोलको योग्दान दिए ।

इलामको माई नगरपालिकाका कप्तान सुजन नेम्वाङले ४३ औं मिनेटमा एक गोल फर्काए । त्यस बाहेका खेलमा माईका खेलाडीले स्कोर गर्न नसक्दा फराकीलो हार भोग्यो ।

 

मेचीनगरकालागि ४ गोल गरेका सनम भुजेल खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । उनले नगद ५ हजार र ट्रफि पुरस्कार पाए । उनलाई प्रतियोगिताका संयोजक सिताराम भट्टराई, प्रमुख अतिथि मदन बिक्रम नेम्वाङ र नगर खेलकुद विकास समिति अर्जुनधाराका अध्यक्ष सुरेन्द्र धिमालले पुरस्कार प्रदान गरे ।

गोल्डकपको भोली हुने तेस्रो क्वाटरफाइनलमा बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकाबिच प्रतिस्पर्धा हुने छ ।

गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त रुपमा आयोजना गरेको हो । मंसिर ५ गत हुने फाइनल खेलको विजेताले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ र उपविजेताले नगद ५५ हजार ६ सय ५५ रुपैयाँसहित ट्रफी तथा मेडल पुरस्कार पाउने छ ।

प्रतियोगिताको बेस्ट स्कोरर, बेष्ट डिफेण्डर, बेष्ट कोच, बेष्ट फरवार्ड, बेष्ट गोलरक्षकले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ५ हजार प्रदान गरिने छ ।

गोल्डकपमा झापाको अर्जुनधारा, बिर्तामोड, भद्रपुर, मेचीनगर, कनकाई, शिवसताक्षी, गौरादह, दमक नगरपालिका, इलामको माई नगरपालिका र आयोजक गरि १० टोलीे सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...