इपुर्वी खबर

Day: २०८१ असार ९, शनिबार

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जिते

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि करण परियारले जितेका छन् । शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन् । नेपाल आइडल सिजन–५ मा सलोमी गुरुङ फस्ट रनरअप र सचिन विश्वकर्मा सेकेन्ड रनरअप घोषित भए । उनीहरुले ट्रफीसँगै नगद पुरस्कार प्राप्त गरे । एपीवान टेलिभिजनमा नेपाल आइडलको श्रृंखला प्रसारण हुँदै आएको छ । यो सिजनमा गायक न्ह्यु बज्राचार्य, गायिका इन्द्रिरा जोशी र गायक कालीप्रसाद बासकोटा  निर्णायकको रुपमा थिए ।  
Read More
मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा शिवाकोटी

मदन भण्डारी फाउण्डेशन झापाको अध्यक्षमा शिवाकोटी

  बिर्तामोड असार ८ ॥ मदन भण्डारी फाउण्डेशन झापाको तेस्रो जिल्ला सम्मेलनबाट पुनः हरिचण शिवाकोटीको अध्यक्षमा नयाँ समिति चयन भएको छ । विर्तामोडमा आज भएको अधिवेशनबाट उपाध्यक्षमा हिरा थापा, सचिवमा शिव ढुङ्गेल, उपसचिवमा लीला दाहाल र कोषाध्यक्षमा गणेश पोखरेल निर्वाचित हुनु भएको हुनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा असारु राजवंशी, निरु परियार, देवकुमार राई, सुरेन राजवंशी, छत्र श्रेष्ठ, भक्त घिमिरे, मोहन शिवाकोटी, बलराम गजुरेल, मदनकुमार उप्रेती, प्रेमबहादुर गिरी र बद्री भट्टराई, हरिदाश ढुङ्गाना, पशुपति खतिवडा, संगिता खतिवडा चौलागाईं, राजेन्द्र पन्धाक, अमिरकुमार श्रेष्ठ, हेमकला भण्डारी, माधव भण्डारी विद्रोही, लक्ष्मण पाठक, कौशिल्या अधिकारी, समर्पण खतिवडा, निशा लिम्बु, निर्मला पाठक, नेत्रप्रसाद दाहाल, नारायणप्रसाद…
Read More
भौतिक पूर्वाधारको क्षेत्रमा अगाडी बड्दै बिर्तामोड नगरपालिका

भौतिक पूर्वाधारको क्षेत्रमा अगाडी बड्दै बिर्तामोड नगरपालिका

  बिर्तामोड आसर ८।। जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको क्षेत्रमा विभिन्न योजना सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स बिछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताएककी छीन् । उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।   नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्‍यौँ उनले भनीन, अबको हाम्रो लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने भन्ने छ ।’ नगर क्षेत्रमा एक…
Read More
मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

  मेचीनगर, असार ८ । झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज एकाबिहानै मोटरसाइकल अनियन्त्रित भई दुर्घटना  हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेका दुईजना गम्भीर घाइते भएकाले उपचार भइरहेको  झापा प्रहरीले जनाएको छ । दुर्घटनामा मेचीनगर-१० का २२ वर्षीय राजीव दनुवारको उपचारको क्रममा मृत्यु भएको हो । आज बिहान अन्दाजी ०३ः३० बजेको समयमा मेचीनगर–१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।      
Read More