भद्रपुर, माघ १७ । दोस्रो संस्करणको सौर्य एयर ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकपका दर्शकले टिभिएस मोटरसाइकल पाउने भएका छन् । टिकट लिएर प्रतियोगिता हेर्न आएका दर्शकमध्ये एकजनालाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल उपलब्ध गराएको गोल्डकपका अध्यक्ष दिपेश ढकालले बताए । यही फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना हुने गम्भीर राई स्मृति संस्करणको फाइनल खेलका एकजना दर्शकले टिकटका आधारमा लक्की ड्रमार्फत मोटरसाइकल पाउने ढकालले जानकारी दिए । त्यस्तै, प्रिक्वार्टर, क्वार्टर र सेमिफाइनलका खेल हेर्न टिकट लिएर आएका दर्शकलाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले हिमस्टार एलइडी टिभी प्रदान गर्नेछ । यसैबीच, प्रतियोगितामा विभागीयसहित नेपालका छवटा ए डिभिजन क्लब, भुटान र बंगलादेशका एकएक…
बुद्धशान्ति , माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ । आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो । आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा…
झापा माघ १६ ।। काठमाडौँमा जारी महिला लिग २०८१को उपाधि नेपाल एपिएफ फुटबल क्लबले जितेको छ। विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ६४ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता…
झापा माघ १६ ।। ताप्लेजुङबाट पाथिभरासम्म केवलकार निर्माणको विषयमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका संचालन हुन सकेका छैनन् । झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् । माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि…
भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा कयौं घाइते भएका छन् ।उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडमा अझै कयौँ व्यक्ति हताहत भएको आशंका गरिएको छ । मौनी अमावस्यामा अमृत स्नान गर्न संगम किनारामा मंगलबार रातिदेखि भक्तजनको भीड लागेको थियो । सोही भीडका कारण भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन। भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको…
बिर्तामोड माघ १६ ।। बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ । त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका…
बिर्तामोड माघ १६ ।। डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिनुभयो । झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताउनुभयो । पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो…
बुद्धशान्ति , माघ १५। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिका सेमी फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले झापा गाउँपालिकालाई १९८ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको बिर्तामोड नगरपालिकाले झापा गाउँ गाउँपालिकालाई विशाल २५३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । बिर्तामोडका लागी कप्तान समीर कार्कीले ७६ र सुवान्स बजगाईले ६७ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा झापा १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५४ रन बनाउन सफल भयो। बिर्तामोड लाई बिजय दिलाउन…
बिर्तामोड, माघ १५ । आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता २०८१ को खेलतालिका सार्वजनिक गरिएको छ । झापाको बुद्धशान्तिस्थित जयपुरमा हुने प्रतियोगिताको उद्घाटन खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब खेल्ने आज पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताअन्तर्गत दोस्रो क्वार्टर फाइनल खेल आयोजक नव ज्योति युवा क्लब र रेड हर्स एफसी इलामबीच हुने क्लबका उपाध्यक्ष खेमराज श्रेष्ठले जानकारी दिए । त्यस्तै, तेस्रो क्वार्टर फाइनल खेलमा भारतको सिलिगुडी युनाइटेडले न्यु स्टार एफसी सुनसरीका विरुद्धमा खेल्नेछ । अन्तिम क्वार्टर फाइनल खेल प्लानिङ ब्वाइज काठमाडौँ र मानेभञ्ज्याङ एफसी दार्जिलिङबीच हुनेछ । नव ज्योति युवा क्लबको…
बुद्धशान्ति , माघ १४ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगितामा गौरादह र कचनकवल गाउँपालिका क्वाटर फाइनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा गौरादहले बुद्धशान्ति गाउँपालिकालाई २४ रनले पराजित गर्दै क्वाटर फाईनलमा स्थान सुरक्षित गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गौरादहले बुद्धशान्तिलाई २०३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा बुद्धशान्तिले ८ विकेटको क्ष्यतिमा १७८ रन बनायो । गौरादहलाई जितका लागि सुरज न्यौपाने ५४,अर्जुन यादब ५० रन बनाएका थिए भने बुद्धशान्तिका लागि आदि हाङ फागोले ४०, कप्तान अर्पण कार्किले ३४ र पारस निरौलाले ३२…