इपुर्वी खबर

महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

 

झापा माघ १६ ।। काठमाडौँमा जारी महिला लिग २०८१को उपाधि नेपाल एपिएफ फुटबल क्लबले  जितेको छ।

विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ ।

पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ६४ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता बनाएको थियो ।

६९ औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडर प्रहार बारमा लाग्दै फर्किएको रिवाउण्डमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।

खेलको ८३ औँ मिनेटमा सविताले व्यक्तिगत दोस्रो गोल थप्दा टोलीका लागि तेस्रो गोल गरिन् । इन्जुरी समयमा अनु लामाको गोलमा एपीएफले ४-० को जित दर्ता गरेको हो ।

एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...