बिर्तामोड, २६ मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ३ का विभिन्न टोलमा सडक निर्माण तथा स्तरोन्नतिका काम धमाधम भईरहेका छन् । संघ, प्रदेश, नगरपालिका र वडाको आफ्नै बजेटमा प्लम निर्माण, कालोपत्रे, पेवर्स लगाउने, कल्भर्ट निर्माण लगायतका कामहरु धमाधम भईरहेका हुन् । अहिले शुभलक्ष्मी टोल नम्बर ४ को २४६ मिटर सडकमा प्लम निर्माण कार्य भईरहेको वडा नम्बर ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिनु भयो । उहाँले प्लम निर्माणको काम उपभोक्ता समिति मार्फत भईरहेको बताउनु भयो । निर्मल उप्रेतीको अध्यक्षतामा उपभोक्ता समिति निर्माण भएको छ । उपभोक्ता समितिको ९७ हजार र वडाको ४ लाख रुपैयाँ गरी कुल ४ लाख…

बिर्तामोड, २५ कात्तिक ।। बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो…

पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् । फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ। यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका स्थानीय बजारहरूमा बिक्री हुने गर्दछन् खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ । अकबरेको…

बिर्तामोड, २५ भदौ : बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगरका पाठा वितरण गरेको छ । नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उहाँले आग्रह गर्नु भयो । यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले…

बिर्तामोड, १७ भदौ : बिर्तामोडको शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरीएको हो । अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १ सय ३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति (कालोपत्रे) गरीने बिर्तामोड नगरपालिकाले जनाएको छ । ६ सय ७९ मिटर कालो पत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ । सडक स्तरोन्नतिका लागि २०८१ जेठ…

बिर्तामोड, ३१ साउन : बिर्तामोडमा सौर्य उर्जामा आधारित विद्युतीय तारवार निर्माणको काम सुरु भएको छ। हात्ती नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोडको वडा नम्बर ६,७ र ८ मा सोलार ईलेक्ट्रिक फेन्सिङ वाल निर्माणको काम सुरु गरेको हो । वडा नम्बर ६ को देउनिया पुलदेखि वडा नम्बर ८ स्थित किसनभिट्टासम्मको ९ किलोमिटर क्षेत्रमा तारबार निर्माण हुन लागेको कोषले जनाएको छ ।तारबार निर्माण कार्यको नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिहीबार (आज) शिलान्यास गर्नु भयो । शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले हात्ती नियन्त्रणका लागि विद्युतीय तारवार प्रभावकारी हुने बताउनु भयो । उहाँले बढ्दो मानविय क्षति कम गर्नका लागि विद्युतिय तारबार…

बिर्तामोड, ३० साउन ।।बिर्तामोड नगरपालिकाको हर्कलाल मार्ग स्तरोन्नति गर्ने कार्यलाई अघि बढाईएको छ । गएको आर्थिक वर्षमा गरेर बाँकी रहेको भागमा स्तरोन्नति कार्यलाई अघि बढाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले सम्बन्धित कार्यालयका ईन्जिनियर सहित सडक अनुगमन गर्नु भएको छ । उहाँले सघन शहरी विकास कार्यालयको १ करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड ७१ लाख रुपैयाँ गरी जम्मा ३ करोड २१ लाख रुपैयाँको बजेटमा सडक स्तरोन्नति गर्न लागिएको जानकारी दिनु भयो । नगर प्रमुख प्रसाईले संघ, प्रदेश र नगरको बजेटमा प्राथमिकताको आधारमा सडक स्तरोन्नति गर्ने कार्य धमाधम भईरहेको बताउनु भयो। आनन्दचोकसम्मको १ हजार…
सुरुङ्गा साउन १५।। झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…

बिर्तामोड, ११ साउन : बिर्तामोड नगरपालिका ४ स्थित पुरानो भद्रपुर रोडमा स्थापना गरिएको सुलभ सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । नगरपालिकाले 'पारिको होइन, बारीको खाऊँ’ भन्ने मूल नाराकासाथ सुरु गरेको तरकारी बिक्री केन्द्रको नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले आज (शुक्रबार) रिवन काटेर उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै नगर उप-प्रमुख संग्रोलाले सामुदायिक तरकारी विक्री केन्द्रलाई निरन्तर व्यवस्थित ढंगले अगाडि लिएर जाने नगरको अवधारणा रहेको बताउनु भयो । उहाँले जिल्लामा कृषि र पशुपंछि तथा मत्स्य विकासको क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने पालिकाको रुपमा बिर्तामोड रहेको बताउनु भयो । उहाँले खाली रहेका जग्गामा विभिन्न प्रकारका तरकारी उत्पादन गर्न सबैलाई…

बिर्तामोड, ७ साउन ।। बिर्तामोड नगरपालिकाले 'पारीको होइन बारीको खाऊँ' भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ । आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगानाले रिवन काटेर बिक्री केन्द्रको उद्घाटन गर्नु भयो । नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४…