झापा भाद्र २५ ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै यस्तो लेखेका छन्। प्रिय जेन्जी बाबुनानीहरू, आज शिवपुरीको यो एकान्त सुरक्षाघेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बीचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्नेबित्तिकै मेरो काखमा आइपुग्छन्। तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भूत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो…

झापा।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्।उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्।यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ।

झापा भाद्र २५ ।। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुखमा को रुपमा लिएर जानेमा जेनजीहरूमाझ सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्। कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी भएको छ। दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका हुन्। उनीहरूले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा सहमति गरेका हुन्। यसअघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको…