इपुर्वी खबर

Day: २०८२ भाद्र ९, सोमबार

दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स  फुटबल प्रतियोगिता भदौ २७ देखि

दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स फुटबल प्रतियोगिता भदौ २७ देखि

  बिर्तामोड ।।अर्जुनधारा नगरपालिका वडा नम्बर ९ घोलधापमा दोस्रो मचिन्द्र सुब्बा स्मृति वडास्तरिय भेट्रान्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता अर्जुनधारा ९ स्थित नमुना सामुदायिक वनको खेलमैदानमा २०८२ भदौ २७ गतेदेखि असोज ६ गतेसम्म सञ्चालन हुनेछ। गोलधाप युवा क्लबको आयोजनामा हुने प्रतियोगिताबारे आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो । सो कार्यक्रममा क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता तथा अर्जुनधारा नगर खेलकुद विकास समितिका सल्लाहकार वीरबहादुर राईको प्रमुख आतिथ्य रहेको थियो । प्रतियोगिताको फाइनल असोज ६ गते सम्पन्न हुनेछ । विजेताले नगद ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३१ हजारसहित ट्रफी, मेडल र…
Read More
हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

हरितालिका तीज अन्तर्गत आज दर खाने दिन

  झापा भाद्र ९ ।।  नेपाली नारीहरुको महान चाड हरितालिका तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको व्रत भन्दा अगाडि महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ। तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितले सुयोग्य पतिको माग गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन घरघरमा खासगरी दूधबाट बनेका मिष्ठान्न परिकार तयार गरी दर खाने चलन छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज खाएर भोलि…
Read More