झापा।। सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो । निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र एनप्याब्सनले २९ गते बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्याब्सनको केन्द्रीय कार्य समितिको निर्णयलाई ऐकेवद्धता जनाउँदै प्याब्सन झापाले समेत आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ ।…