झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट 'पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता' सुरु भएको छ। आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी सेमिफाइनलमा प्रवेश गरेको छ। मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक राई…