इपुर्वी खबर

निलसरी च्यालेन्ज कप आजबाट सुरु: उद्घाटन खेलमा झापा एफ सी विजयी

 

झापा वैशाख २३ ।।झापाको मेचीनगर ७ जोरसिमलमा आजबाट ‘पहिलो निलसरी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता’ सुरु भएको छ।

आज भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेलाई हराउँदै झापा एफसी  सेमिफाइनलमा प्रवेश गरेको छ।

मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमल खेलमैदानमा   भएको उद्घाटन खेलमा आदर्श युवा क्लब बुधबारेमाथि  २–० गोल अन्तरको जित निकाल्दै झापा एफ सी सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा  हेमन लिम्बु र मिक्सन दासले एक एक गोल गरे। लिम्बुले पहिलो हाफको एघारौँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दासले दोस्रो हाफमा गोल गर्दै टिमको जित सुनिश्चित गरे।

खेलको प्लेयर अफ द म्याच झापा एफसीका विवेक  राई भए । उनले नगद  २५०० र ट्रफी पाए । उनलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका  वार्ड नं ७ का वडा अध्यक्ष प्रल्लादमणि ओलीले  पुरस्कार प्रदान गरे । म्यान अफ द म्याचको पुरस्कार स्थानीय समाजसेवी सन्तोष मेचेले सौजन्य गरेका हुन्।

भोलिको दोस्रो क्वार्टर फाइनल खेल रेडहर्स एफसी इलाम  र धरानसिटी फुटबल क्लब सुनसरीबीच हुनेछ।

नेपाल र भारतका गरी कुल आठ टिम सहभागी रहेको  प्रतियोगिताको फाइनल खेल वैशाख ३० गते हुनेछ  प्रतियोगिताको विजेताले २ लाख  रुपैयाँ र उपविजेताले एक लाख  रुपैयाँसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिता आयोजक समितिका अध्यक्ष सन्तोष मेचेले जानकारी दिए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५००सय  र ट्रफी पाउनेछन् । त्यस्तै, विधागत उत्कृष्ट खेलाडी र खेलाडीहरूलाई पनि नगद र ट्रफी प्रदान गरिने आयोजक समितिका अध्यक्ष मेचेले जानकारी दिएका छन्।

प्रतियोगिता नीलसरी महोत्सव २०८२ को अवसरमा जोरसिमल मेचे समाज विकास समितिले आयोजना गरेको हो। उक्त महोत्सवमा फुटबल प्रतियोगिता साथै आदिवासी जनजातिको रैथाने खाना स्टल, सांस्कृतिक कार्यक्रम र आँखा शिविरको समेत आयोजना गरिएको  अध्यक्ष मेचले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

मिक्लाजुङ प्रिमियर लिग क्रिकेटको उपाधि कुरुम्बा हिल्स राइडरलाई

  पाँचथर असोज २८ ।। तेस्रो संस्करणको मिक्लाजुङ क्रिकेट लिग प्रतियोगिताको उपाधि कुरुम्बा  हिल्स राइडरले जितेको छ। मिक्ला...
तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

तेस्रो मिक्लाजुङ प्रिमियर लिग असोज २५ गते देखि

  पाँचथर असोज २२ ।।   तेस्रो मिक्लाजुङ प्रिमियर लिग क्रिकेट प्रतियोगिता असोज २५ गते देखि हुने भएको छ । पाँचथरको मिक्लाज...
हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल शीघ्र निर्माणका लागि स्थानीयद्वारा सरकारको ध्यानाकर्षण

  २२ असोज, झापा । झापाको गौरिगंज -१ का स्थानिय यूवाहरूले हुलाकी सडक अन्तर्गत अलपत्र कन्काई पुल छिटो निर्माणका लागि सरकारको...
नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

नेपालको चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाण्डाै।।  विश्व बैंकले चालू आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । विश्व बै...