इपुर्वी खबर

Day: २०८१ फाल्गुन २९, बिहीबार

लिङ्कन मन्टेश्वरी स्कुलको होली मिलन कार्यक्रम सम्पन्न

लिङ्कन मन्टेश्वरी स्कुलको होली मिलन कार्यक्रम सम्पन्न

  झापा फागुन २९ ।। झापाको बिर्तामोड ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले होली मिलन कार्यक्रम गरेको छ।  आज विद्यालय प्राङ्गणमै लिङ्कनले साना बालबालिकाहरूसँग होली मिलन कार्यक्रम आयोजना गरेको हो। बालबालिकाहरूलाई संस्कृतिसँग जोड्न र होली रङ्गहरूको पर्व हो भन्ने भावलाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक सरोज पौडेल बताए ।  अभिभावक ,विद्यार्थी , शिक्षक, विद्यालय व्यवस्थापन समिति ,कर्मचारी लगायतको सहभागितामा होली मिलन कार्यक्रम आयोजना गरिएको हो। बालबालिकालाई समय समयमा होलि अलवा  दशैं तिहार छठ सहित अन्य पर्वहरूको बारेमा जानकारी गराउँदै विद्यालयमै कार्यक्रम आयोजना गर्ने गरेको छ। बर्सेनी आउने चाडपर्वलाई एकआपसमा रङ दलेर भाइचारा साटासाट गर्ने पर्वको रुपमा लिने होलीको…
Read More
पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग

पर्पल किचनका सञ्चालकद्वारा प्रेस चौतारी झापाको उपचार कोषलाई सहयोग

  झापा । फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै युवा व्यवसायी अजय चौधरीले आफ्नो जन्मदिनको अवसर पारेर सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । पर्पल किचन एण्ड इन्टेरियरका सञ्चालक चौधरीले प्रेस चौतारी झापाले स्थापना गरेको पत्रकार उपचार सहयोग कोषमा १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको हो । आज बिर्तामोडस्थित प्रेस चौतारी झापाको कार्यालयमा रकम हस्तान्तरण गर्दै उहाँले कोषको महत्व बुझेर सहयोग रकम हस्तान्तरण गरेको बताउनु भयो । उपचार कोष संयोजक भिमा शिवाकोटीले एउटामाथि अर्को ईटा थपेर मानवीय सेवाका लागि सहयोग गर्नुभएकोमा चौधरीलाई धन्यवाद दिनुभयो । कार्यक्रममा केन्द्रीय सदस्य गोपाल काफ्ले, जिल्ला अध्यक्ष प्रदिप परियार, उपाध्यक्ष सुनिरा मैनाली, पत्रकार…
Read More
चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा

चर्च व्वाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा

  काँकरभट्टिा । लिगलिडर चर्च व्वाइज युनाइटेडले ३–०  गोलले पछिपरेको अवस्थालाई उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल स्थान सुरक्षित गरेको छ लिग उपविजेता मच्छिन्द्रले लिएको ३-०गोलको अग्रता तोड्दै   ४–३ को गोल अन्तरको रोमाञ्चक जित निकाल्दै चर्च व्वाइजले फाइनलको यात्रा तय गरेको हो । यो सँगै चर्च व्वाइजले शनिवार हुने फाइनल खेलमा आयोजक काँकरभट्टिा फुटबल ट्रेनिङ सेन्टरसँग उपाधीका  भिडन्त पक्का गरेको हो। खेलको ३० औँ मिनेटमा मच्छिन्द्रले अग्रता लियो । पेनाल्टी एरियामा क्लियर हुन नसकेको बललाई विदेशी खेलाडी युसुफ मलिकले गोल गरेका हुन् । ४३ औं मिनेटमा मच्छिन्द्रले अग्रता दोब्बर बनायो । आदित्य शाक्यको क्रस पासमा एन्द्रेस नियाले गोल गरे । त्यसको १…
Read More
निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा पोखरेल

निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा पोखरेल

  शनिश्चरे । नेपाल निजामती कर्मचारी संगठन अर्जुनधाराको अध्यक्षमा त्रिविक्रम पोखरेल चयन हुनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा नगरपालिकाको सभाहलमा आज भएको प्रथम पालिका अधिवेशनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो । संगठनको उपाध्यक्षमा खगेन्द्र लिङ्देन, सचिवमा हरिप्रसाद रिजाल, सहसचिवमा कमल पौडेल र कोषाध्यक्षमा मन्जु खतिवडा चयन हुनुभएको छ । त्यस्तै संगठनको सदस्यहरुमा डेनिस कडरिया, दुर्गा भट्टराई, पुष्पा पौडेल, मीना अधिकारी, माधव भण्डारी, पूजा कोइराला, रोशन सिलवाल र कृष्ण नेपाल चयन हुनुभएको नवनिर्वाचित उपाध्यक्ष खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो । यस्तै अधिवेशनले लेखा परीक्षण आयोग समेत गठन गरेको छ । आयोगको संयोजकमा चुडामणि खनाल चयन हुनुभएको…
Read More
अर्जुनधारामा लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

अर्जुनधारामा लागू औषध दुव्र्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न

अर्जुनधारा फागुन २८ ।। हाम्रो चाहना स्वास्थ्य र  दुव्र्यसनरहित समाजको परिकल्पना भन्ने मूल नाराका साथ एक दिने लागू औषध दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर ९ गोलधापस्थित खुल्ला प्राङ्गणमा आयोजित कार्यक्रममा लागू औषध अहिलेको समस्या भएको बताउँदै लागूऔषधबाट युवापिढीमा पर्न गएको असरलाई मध्यनजर गर्दै सो कुलतमा फसेकालाई सही बाटोमा ल्याउन र नयाँ युवा युवतीलाई लागू औषधको कुलतबाट टाढा राख्ने उद्देश्यले  कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरेन् राईले बताउनुभयो । स्थानीय स्तरमा रचनात्मक कार्य गर्दै आएको गोलधाप युवा क्लबद्वारा आयोजित लागुपदार्थ दुव्र्यसन रोकथाम तथा जनचेतना अभिवृद्धि कार्यक्रम क्लबका अध्यक्ष सुरेन राईको अध्यक्षता र अर्जुनधारा…
Read More