इपुर्वी खबर

Day: २०८१ कार्तिक २५, आईतवार

बिर्तामोडका भित्री सडक खण्डहरू धमाधम कालोपत्रे हुँदै

बिर्तामोडका भित्री सडक खण्डहरू धमाधम कालोपत्रे हुँदै

  बिर्तामोड, २५ कात्तिक ।। बिर्तामोडका विभिन्न सडकहरु कालोपत्रे गर्ने काम धमाधम भईरहेको छ । आज शनिस्चरे रोडदेखि अतिथिसदन जाने सडक, वानस्टप महलदेखि अतिथि सदन जाने सडक र शनिस्चरे रोड देखि पुरानो कृष्णहलसम्मको ३ वटा सडक कालोपत्रे हुँदैछ । बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) गरीएको हो । कालोपत्रे हुँदै गरेको अतिथिसदन अदुवा खोला पुलसम्मको ३ सय ३० मिटर, वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २ सय १० मिटर र शनिस्चरे रोडदेखि पुरानो कृष्ण हलसम्मको १ सय ३९ मिटर सडक भोलिसम्ममा सकिने बिर्तामोड नगरपालिकाका सव- ईन्जिनियर डिल्लीराम ओलीले जानकारी दिनुभयो । कुल ६ सय ७९ मिटर कालो…
Read More
आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक विदा

आज फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक विदा

  झापा कार्तिक २५ ।।    किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । जसलाई ‘सत्य धर्म मुचुल्का’ भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । छोरीको विवाह गर्दा सोत–रीत (पैसा लिन नहुने), भगवानको पूजा गर्दा जीव हत्या गर्न नहुने, मद्यपान तथा मासु सेवन नगर्ने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक…
Read More