इपुर्वी खबर

बिर्तामोड औद्योगिक व्यापार महोत्सवमा एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि

बिर्तामोड औद्योगिक व्यापार महोत्सवमा एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि

बिर्तामोड औद्योगिक व्यापार महोत्सवमा एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि

  बिर्तामोड माघ १४ । एपोलो पेन्ट्स  बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागीलाई मध्यनजर गर्दै महोत्सव आयोजक समितिले एउटा टिकट खरिदमा अर्काे टिकट फ्रि अफर ल्याएको छ। अर्थात अब एक सय रुपैयाँको टिकट लिदा दुई वटा टिकट पाइने भएको छ । योसंगै एनसेलका दुई वटा सिम सित्तैमा र एक प्याकेट सेनिटर प्याडसमेत उपलब्ध गराउने भएको हो । महोत्सवलाई थप रोचक र चलायमान बनाउन महोत्सव आयोजक समितिले यस्तो निर्णय गरेको हो । यो निर्णय आज माघ १४ गते सोमवारबाट लागू भएको छ । माघ १९ गते सम्म सञ्चालन हुने महोत्सव अवधिभर यो निणर्य लागू गरिने छ महोत्सव मूल  आयोजक समितिका सदस्य…
Read More
बर्खा स्मृति क्रीकेट : झापा र मेचिनगर बिजयी

बर्खा स्मृति क्रीकेट : झापा र मेचिनगर बिजयी

  बुद्धशान्ति, माघ १३ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको आजको खेलमा झापा गाउँपालिका र मेचिनगर नगरपालिका बिजयी भएका छन् । आज भएको पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिचको खेलको निर्णय सुपर ओभर बाट लिईएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिकाले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै १६३ रन बनाएको थियो । १६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो । शिवसताक्षीका लागि २८ बलमा ९४ रन बनाएका सुजन थपलियाको पारी जितमा परिणत हुन भने असफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा…
Read More
बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

बाहुणडाँगी जेसीजद्वारा आयोजित “प्रि इन्डक्सन र लोम अफिसर” तालिम सम्पन्न

  मेचीनगर। बाहुण्डाँगी जेसीज बर्ष २०२५ ले आफ्नो दोस्रो कार्यक्रमका रुपमा आफ्ना कार्यसमिति सदस्य तथा पुर्व अध्यक्षहरुलाई समेत संलग्न गराउँदै “pree- induction & lom officer ” तालिम सम्पन्न गरेको छ। आज शनिबार बाहुणडाँगी स्थित भिरपाखा रिसोर्टमा कार्यक्रम सम्पन्न भएको हो । जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन जेसी सामुल रायाले गरेका थिए । कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर हेमराज कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमका प्रशिक्षक चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी उत्तम पकुवाल रहेका थिए। तालिमले व्यक्तित्व विकासमा टेवा पुर्‍याउने र नयाँ सीप र ज्ञान बढाएको सहभागीहरुले बताएका छन्। जेसीजका नयाँ सदस्यहरुले…
Read More
प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी घरभित्रै मृत भेटिए

प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी घरभित्रै मृत भेटिए

  रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले थाहाखबरलाई जानकारी दिए। उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको छ। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी…
Read More
झापा जिल्ला अन्तरपालिका टी 20 क्रिकेट प्रतियोगिता : बिर्तामोड र कन्काई क्वाटर फाइनलमा

झापा जिल्ला अन्तरपालिका टी 20 क्रिकेट प्रतियोगिता : बिर्तामोड र कन्काई क्वाटर फाइनलमा

आयुष निरौला, बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोश्रो खेलमा…
Read More
बर्खा स्मृति पुरुष क्रिकेटको उद्घाटन खेलमा भद्रपुरको शानदार सुरूवात

बर्खा स्मृति पुरुष क्रिकेटको उद्घाटन खेलमा भद्रपुरको शानदार सुरूवात

बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका  क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो । दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् । भद्रपुरका प्रवेश कामतीले…
Read More
दुवै मृगौला फेल भएर मृत्युसँग लडिरहेकी सलिनाको जीवन बचाइदिन सहयोगको अपिल

दुवै मृगौला फेल भएर मृत्युसँग लडिरहेकी सलिनाको जीवन बचाइदिन सहयोगको अपिल

  बिर्तामोड माघ १२ ।। मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी  १७ वर्षीया छोरी सलिना राई दुबै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सलिनाको दुबै मृगौला फेल भएपछि उपचारका लागि उनकी आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँच जनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस…
Read More
झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट आजबाट : उद्घाटन खेलमा भद्रपुर र दमक भिड्दै ।

झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट आजबाट : उद्घाटन खेलमा भद्रपुर र दमक भिड्दै ।

  बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ । त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ । खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका…
Read More
बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

 बिर्तामोड ।।  झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन  नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा  गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भए संगै  बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो।  आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने  कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा…
Read More