बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ । ‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् । राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि…
मोरङ भाद्र ४।। , मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी ७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हिराधन तामाङलाई पक्राउ गरेको छ । आइतवार राति १० बजेतिर हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । उनको अहिले बिराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेसिक रोजगारीमा रहेका हिराधन ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि…
इलाम : विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (ड्२)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।
काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।
चतरा ।। सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए । हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।
ताप्लेजुङ भाद्र ३ ।। आजबाट ताप्लेजुङको सदरमुकाम फुङ्लीङमा सुरु भएको दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सङ्घर्ष स्पोर्टिङ क्लब ताप्लेजुङले विजयी सुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा पाहुना टोली कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारतलाई ७-५ गोलको अन्तरले पछि पार्दै संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङले विजय सुरुवात गरेको हो । विजय भए सँगै संघर्ष स्पोर्टिङ युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अब संघर्ष स्पोर्टिङ युवा क्लबले भाद्र ५ गते हुने रूपन्देही र मोरङबीचको बिजेतासँग सेमिफाइनल खेल खेल्ने भएको छ भने, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडीको यत्रा यही अन्त्य भएको छ । भोलि छिमेकी जिल्ला पाँचथर र सलहेश युवा क्लब…
बिर्तामोड भाद्र ३ ।। झापाको कनकाई नगरपालिकामा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा श्रीमान-श्रीमती र बाबु–छोरा घाइते भएका छन् । सोमबार दिउँसो २।१० बजे दुर्गापुर चोकस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ३ प ७१५८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको मे ८ प ४३२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मे ३ प ७१५८ नम्बरको मोटरसाइकल चालक बाह्रदशी-७ गोलुगाउँ बस्ने वर्ष ४१ का नारायण राजवंशी र मोटरसाइकलमा पछाडि सवार उनकी श्रीमती वर्ष ३८ की सरिता राजवंशी घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेर घाइते दुवै जनाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मे ८ प…
साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक सावित भयो। प्रतियोगिताअन्तर्गत भोलि मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ।
काठमाडौं– धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए
ईटहरी भाद्र ३।। सुनसरीकाे गढी गाउँपालिकामा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले उनीसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी नविन भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ प्रहरीले लिएकाे प्रारम्भिक बयानमा पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको…