अर्जुनधारा ।। अर्जुनधारामा नगर उप-प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । नगर खेलकूद विकास समितिको आयोजनामा आगामी बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो । नगर खेलकूद विकास समितिले शुक्रवार नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो । ‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए । कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटाएर्ड जीवन बिताइरहेका…

एकतप्पा चैत्र ३१ । इलामको फाकफोकथुम ६ एकतपामा जारी खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि माई नगरपालिकाको दानाबारी एफसी र देउमाई नगरपालिकाको टि. वाइ. सी. मङ्गलबारे भिड्ने भएका छन । आइतबार जानकी मावि पोखरीको खेल मैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक पोखरी युथ क्लबलाई टाइ ब्रेकरमा पराजित गर्दै टिवाईसी मङ्गलबारेले उपाधि भिडन्तमा दानाबारी एफसी संगको भेट पक्का गरेको हो । निर्धारित समयसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेसँगै खेलको निर्णयकालागि टाइब्रेकरसम्म पुग्नुपरेको हो। टाइब्रेकरमा आयोजकलाई निराश बनाउँदै टीवाइसी मङ्गलबारेले दानाबारी एफसीसँगको फाइनल प्रतिस्पर्धा पक्का गरेको छ। दानाबारी एफसीले पहिलो सेमिफाइनलमा फुङ्बा एप्सीलाई ट्राइबेकरमा नै पराजित गर्दै फाइनल यात्रा तय…

एकतप्पा चैत्र ३० ।। माई नगरपालिकाको दानाबारी एफ सी पोखरी युथ क्लब फाकफोकथुम ६ द्वारा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा फुङ्गबा एफसीलाई ट्राइबेकरमा पराजित गर्दै दानाबारी एफसीले फाइनलको यात्रा तय गरेको हो। खेलको पहिलो हाफ भने गोल रहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको पहिलो मिनेटमा नै फुङ्बा एफसीले गोल गर्दै खेलमा अग्रता बनायो। फुङ्बा एफसी का जर्सी नम्बर १३ का आइकल लिम्बुले उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका हुन् त्यसपछि उत्कृष्ट खेल पस्केको दानाबारी एफसीले फूङ्बा एफ सि लाई केही दबाबमा राख्दै लगातार आक्रमण…

एकतप्पा चैत्र २९ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सेमी फाइनल समीकरण पूरा भएको छ। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको क्वाटर फाइनल खेलमा द ब्वाइज एफ सी आमचोकलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिकाको दानावारी एफसी सेमीफाइनलमा प्रवेश गरेको हो। खेलको पहिलो हाफमा द बोइज एफसीका खेलाडीले पेनाल्टी एरियामा ह्यान्डबल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै माई नगरपालिकाको दानाबारी एफसी का जर्सी नम्बर ६ का सुरज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। अनुभवी खेलाडीहरूका साथ मैदान…

बुद्धशान्ति चैत्र २९ सडन डेथमा किरात युवा क्लब लाई पराजित गर्दै आयोजक जुनेली युथ क्लब झापा बुद्धशान्ति ४ जुनेली बस्तिमा जारी प्रथम साबिक शान्तिनगर फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।बिहिवारको उद्घाटन खेलमा सडन डेथमा किरात युवा क्लबलाई पराजित गर्दै आयोजक जुनेलिले सेमिफाइनलको यात्रा तय गरेको हो । खेलको निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेपछी खेलको निर्णयको लागि टाईब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि दुबै टिमले समान ३/३ गोल गरेका थिए । आयोजक जुनेलिका लागि कप्तान प्रशान्त राई, सन्दीप घिसिङ र गगन मगरको प्रहारले जाली चुमेको थियो भने मनिस लिम्बू र रोनिसको प्रहार बिफल भयो । यता…

एकतप्पा चैत्र २९ खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि भन्ने मूल नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ को आयोजनामा सञ्चालन भइरहेको खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत हिजो रोकिएका दुई क्वार्टर फाइनलका खेलहरु आज सञ्चालन हुने सञ्चालक समितिका अध्यक्ष सुवास गुरुङले जानकारी दिएका छन्। नियमित तालिका अनुसार हिजोका खेलहरू अविरल वर्षाका कारण रोकिएका थिए। दोस्रो क्वार्टर फाइनलका खेल अन्तर्गत आज पहिलो खेल दानाबारी एफसीले द बोइज आमचोकको सामना गर्दा दोस्रो खेलमा आयोजक पोखरी युथ क्लबले चमैता एफसीको सामना गर्नेछ तालिका अनुसार आज र भोलि एकएक सेमिफाइनलका खेलहरू रहे पनि वर्षाका कारण खेल रोकिन पुगेकाले सेमिफाइनलका दुवै खेल भोलि…

एकतप्पा चैत्र २७ ।। ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज बाट क्वाटर फाइनलका खेलहरू सुरु भएका छन्। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो क्वाटर फाइनल खेलमा मनोकामना एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै फुङ्बा एफसी समी फाइनलमा प्रवेश गरेको छ। खेलको दोस्रो हाफमा फुङ्बा एफसीका जर्सी नम्बर १४ का पुरन राईले उत्कृष्ट फ्रिकीक गोल गर्दै टोलीलाई अग्रता दिलाए। मनकामना एफसीका खेलाडीले फुङ्बा एफसीका खेलाडीलाई फल गरेपछि पाएको फ्री किकमा कुनै गल्ती नगरी उनले गोल गरे। मनकामना एफसीका…

एकतप्पा चैत्र २५ ।। 'खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि' भन्ने मुख्य नाराका साथ पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज चौथो दिन भएको खेलमा विजय हुँदै दानाबारी एफसी र चमैता एफसी अघिल्लो चरणमा प्रवेश गरेका छन। पोखरीस्थित जानकी माध्यमिक विद्यालयको खेलमैदानमा आज भएको पहिलो खेलमा चौबन्दी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै माई नगरपालिका १को टोली दानाबारी एफ सी अघिल्लो चरणमा प्रवेश गरेको छ। उत्कृष्ट खेलाडीहरूका साथ मैदान उत्रिएको चौबन्दी एफसीले पाएको अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलबाट नै घर फर्किनु परेको छ। त्यस्तै आज भएको दोस्रो खेलमा द…

एकतप्पा चैत्र २५ ।। पोखरी युथ क्लब फाकफोकथुम ६ एकतप्पाद्वारा आयोजित दोस्रो संस्करण खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिनको खेलबाट जित निकाल्दै द बोइज र आयोजक पोखरी युथ क्लब दोस्रो चरणमा प्रवेश गरेका छन्। जानकी माध्यमिक विद्यालय पोखरीको खेलमैदानमा आज भएको पहिलो खेलमा हेन्सी स्टार राँकेलाई लाई सडन डेथमा पराजित गर्दै द ब्वाइज आमचोक अघिल्लो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल रहित बराबरी खेलेसगै खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि दुबै टोलीले ४-४ गोलको बराबरी खेलेपछि खेलको निर्णय सडन डेथबाट लिएको हो। सडन डेथमा द ब्वाइज एफसीले बाजी मार्दै अघिल्लो चरणको यात्रा तय…

अर्जुनधारा। झापाको अर्जुनधारामा जारी प्रथम वडास्तरीय टि-टवेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अर्जुनधारा ४ र अर्जुनधारा ८ भिड्ने भएका छन्। आज दुवै सेमिफाइनल खेल सम्पन्न भएसंगै अर्जुनधारा नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधिका लागि ४ नम्बर वडा र ८ नम्बर वडाको टिम भिड्ने पक्का भएको हो। आज भएको पहिलो सेमिफाइनल खेलबाट वडा नम्बर २ लाई ५६ रनले पराजित गर्दै वडा नम्बर ८ फाइनलमा प्रवेश गरेको हो। टस जितेर वडा नम्बर २ ले बलिङ रोजेपछि खेलको पहिलो इन्निङमा वडा नम्बर ८ले ब्याटिङ गरेको थियो। २० ओभरको खेलमा वडा नम्बर ८ले पाँच विकेट गुमाएर १५६ रन बनायो । वडा नम्बर ८…