झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो । शनिबार बेलुका डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए । हाल उनको शव नेपाल ल्याउनका लागि पहल भईरहेको परिवारले बताएको छ । गोपाल परिवारको एक्लो छोरा थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरा र एक छोरी रहेका छन्…

बिर्तामोड । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ । उनीहरुको…

बिर्तामोड , भदौ १५ । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ ५:१० बजे बिर्तामोड-५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेका छ्न। घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो…

नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन…

एजेन्सी : नेपाली तीर्थयात्री बोकेको बस बिहारको समस्तीपुरमा आज बिहान दुर्घटनामा परेको छ। नेपालको बारा जिल्लाबाट नेपाली तीर्थयात्री लिएर भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको प्रहरिले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू…

सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ। कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

तनहुँको मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको संख्या २७ पुगेको छ। शुक्रबार आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरास्थित पृथ्वीराजमार्गबाट भारतीय नम्बर प्लेटको गाडी मर्स्याङ्दी नदीमा खसेको हो। युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा गरी कुल २७ जनाको मृत्यु भएको हो,’ उनले भने। त्यसैगरी घटनामा १६ जना घाइते भएका छन्। घाइते सबैलाई सुरूमा आँबुखैरेनी अस्पतालमा पठाएको थियो। दिउँसो सवा ३ बजे नेपाली सेनाको एमआई १७ मा राखेर १२ जनालाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा…